सवारीसाधन निरीक्षणका लागि चीनमा एआई रोबोटको प्रयोग सुरु

काठमाडौं , असोज ३। पूर्वी चीनको निङ्बो शहरमा सवारीसाधन निरीक्षणका लागि कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधियुक्त रोबोट प्रयोग गर्न थालिएको छ । निङ्बोको सवारीसाधन व्यवस्थापन केन्द्रमा परीक्षणका रूपमा प्रयोग भइरहेको रोबोटले सवारीसाधनको बाहिरी अवस्था, मोडल र च्यासिस नम्बरलगायत विवरण स्वचालित रूपमा जाँच गर्न थालेको हो ।एआई चिप र उच्च रिजोल्युसन क्यामेरासहितको रोबोटले सवारीसाधनको वरिपरि घुमेर विभिन्न भागको निरीक्षण गर्छ । यसले कागजातमा रहेका विवरण र सवारीसाधनको वास्तविक अवस्थाबीचको मिलानसमेत स्वचालित रूपमा गर्ने जनाइएको छ । रोबोटले सवारीसाधनमा घिसारिएको वा फेरबदल गरिएको संकेत, चोरी तथा तस्करीसँग सम्बन्धित अवस्था र गैरकानुनी रूपमा गरिएको परिमार्जन पहिचान गर्न सक्ने बताइएको छ ।

यसबाट निरीक्षण प्रक्रियामा लाग्ने समय घटाउनुका साथै नियमित र दोहोरिने काम स्वचालित बनाउन सकिने अपेक्षा गरिएको छ ।निङ्बो सवारीसाधन व्यवस्थापन कार्यालयका अधिकारी झाङ चेनका अनुसार रोबोट अहिले परीक्षण चरणमा छ । यसले दैनिक करिब चारदेखि पाँचवटा सवारीसाधन जाँच गरिरहेको उनले बताए । निरन्तर सिकाइ र प्रविधि स्तरोन्नतिसँगै रोबोटलाई थप प्रभावकारी बनाउँदै भविष्यमा विभिन्न स्थानमा प्रयोग गर्न सकिने झाङले बताए । उनका अनुसार सवारीसाधन डेलिभरी केन्द्रमा समेत यसको प्रयोग विस्तार गर्न सकिन्छ र सवारीधनीले स्वयंसेवा प्रणालीमार्फत सवारीसाधन निरीक्षण गर्न सक्ने अवस्था बन्न सक्छ ।निङ्बो नगर तथ्यांक ब्युरोका अनुसार गत वर्षको अन्त्यसम्म शहरमा ३० लाखभन्दा बढी निजी सवारीसाधन रहेका थिए । ठूलो संख्यामा रहेका सवारीसाधनको निरीक्षणलाई प्रविधिमैत्री र स्वचालित बनाउन एआई रोबोटको प्रयोगलाई महत्त्वपूर्ण प्रयोगका रूपमा हेरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

परीक्षणकै क्रममा जेमिनाईबाट तीन वेबसाइटमा ह्याकिङ प्रयास

 काठमाडौं , ३ असोज। गुगलको एआई मोडल जेमिनाईले साइबर सुरक्षा क्षमताको परीक्षणका क्रममा इन्टरनेटमा पहुँच बनाएर तीनवटा वेबसाइटमा ह्याकिङ प्रयास गरेको पाइएको छ।स्वतन्त्र साइबर सुरक्षा मूल्याङ्कन

देउवासहितको सहभागितामा अधिवेशन अघि बढाउन डडेल्धुराका पूर्वसभापतिको माग

डडेल्धुरा ,३ असोज । नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति तथा पूर्वप्रदेश सभा सदस्य कर्णबहादुर मल्लले डडेल्धुरामा भइरहेको जिल्ला अधिवेशनप्रति गम्भीर असहमति जनाउँदै बहिष्कारको घोषणा गर्नु भएको

यूएन महासभामा सहभागी हुन प्रधानमन्त्री शाहसहित नेपाली टोली अमेरिका जाँदै

काठमाडौं , असोज ३ । संयुक्त राष्ट्रसंघ (यूएन)को ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली आइतबार अमेरिकाको न्युयोर्क शहर प्रस्थान गर्दैछ।परराष्ट्र मन्त्रालयको

यौन दुर्व्यवहार गरेको आरोप,नारायण खरेल पक्राउ

बिर्तामोड ,३ असोज । पक्राउ पर्नेमा बिर्तामोड ५ का ४७ वर्षीय नारायण खरेल रहेका छन् । १७ वर्षकी नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई इलाका

राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौं, असोज ३ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानका आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिने बताउनुभएको छ।संविधान दिवसका अवसरमा रासससँगको कुराकानीमा

विद्युत्को तारमा परे चर्चित हात्ती रोनाल्डो, घटनास्थलमै मृत्यु

चितवन , असोज ३।  चितवन राष्ट्रिय निकुञ्जको जंगलमा भेटिने चर्चित जंगली भाले हात्ती रोनाल्डो करेन्ट लागेर मरेको पुष्टि भएको छ । आज बिहान बिसहजारी ताल