विद्युत्को तारमा परे चर्चित हात्ती रोनाल्डो, घटनास्थलमै मृत्यु

चितवन , असोज ३।  चितवन राष्ट्रिय निकुञ्जको जंगलमा भेटिने चर्चित जंगली भाले हात्ती रोनाल्डो करेन्ट लागेर मरेको पुष्टि भएको छ । आज बिहान बिसहजारी ताल नजिकै रहेको कुमाल तालको छेउमा मृत अवस्थामा भेटिएको रोनाल्डोलाई करेन्ट लागेको हो ।निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको ब्यारेकमा लगेको विद्युत्को तारबाट करेन्ट लाग्दा रोनाल्डोको घटनास्थलमा नै मृत्यु भएको थियो । सेनाले बिसहजारी तालको गेटतिरबाट विद्युत् लगेको थियो ।स्रोतका अनुसार, झण्डै १५१६ फिट अग्लो ठाँउमा रहेको तारसँगै रहेको घाँसलाई खानका लागि रोनाल्डोले तान्दा घाँससँगै तारसमेत झरेको थियो । बाहिर इन्सुलेसन गरेको तार रोनाल्डोले चपाउँदा त्यसमा प्रवाह भएको करेन्ट उसको मुख तथा जिब्रोमा लागेको थियो ।

रोनाल्डोको मुखको भाग तथा जिब्रोको केही भाग डढेको जस्तो अवस्थामा रहेको छ । यसबारेमा निकुञ्जले कुनै आधिकारिक जानकारी दिएको छैन । रोनाल्डोको मृत शरिरलाई पोष्टमार्टम पछि खाल्डो खनेर गाड्ने काम हुँदैछ ।५३ वर्षीय रोनाल्डो सौराहाको हात्ती प्रजनन् केन्द्रमा रहेका पोथी हात्तीसँग प्रजनन् गर्ने एक नम्बरको हात्ती रहेको थियो ।  रोनाल्डो हात्ती २४ वर्ष अगाडि निकुञ्जमा देखिएको थियो ।रोनाल्डो ३८ वटा छावाको बाबू भएको निकुञ्जले जनाएको छ । दुई बर्ष अगाडि  सौराहा क्षेत्रमा देखिएको भाले मकुना हात्तीलाई निकुञ्ज भित्र पठाउने क्रममा सेनाले गोली हानेर मारेको थियो । निकुञ्जमा रहेका पोथी हात्तीलाई प्रजनन् गर्न अब गोविन्दे र धु्रबे हात्ती मात्रै बाँकी छन् । रोनाल्डो हात्ती भइन्जेल ध्रुवे र गोविन्दे हात्ती प्रजनन् केन्द्रतिर देखिँदैनथे ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागोयामा २०औँ एसियन गेम्स सुरु, ४५ देशका खेलाडीको मार्चपास

नागोया (जापान) , ३ असोज । एसियाको सबैभन्दा ठूलो खेलमेला २०औं एसियन गेम्सको शनिबार जापानको आइची नागोयामा उद्घाटन भएको छ । जापानको आइची–नागोयास्थिय पालोमा मिजोहु

१४ पटक विज्ञापन गर्दा पनि शिक्षक आएनन्, १५औँ पटक फेरि माग

बैतडी , असोज ३ । पञ्चेश्वर गाउँपालिका–२ मा रहेको देवथला माध्यमिक विद्यालयले विज्ञान शिक्षकका लागि १५ औं पटक विज्ञापन खोलेको छ। विद्यालयले संघीय अनुदान कोटामा

स्मार्ट चस्माबाट महिलाको गोप्य भिडियो खिचेको आरोप, फ्रान्समा अनुसन्धान

असोज ३ । क्यामेरा र एआई जडित स्मार्ट चस्माको दुरुपयोग गरी महिलाको सहमतिबिना गोप्य रूपमा भिडियो खिचेको आरोपमा फ्रान्सको पेरिस अभियोजन कार्यालयले आपराधिक अनुसन्धान थालेको छ।स्मार्ट

एक मन्त्री वा प्रधानमन्त्रीको प्रयासले मात्रै परिवर्तन सम्भव छैन : मुख्यसचिव कार्की

काठमाडौं , असोज ३। नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले मुलुकमा सुशासन, विकास, समृद्धि र सामाजिक न्याय हासिल गर्न सरकारसँगै निजी क्षेत्र, नागरिक समाज तथा आम

परीक्षणकै क्रममा जेमिनाईबाट तीन वेबसाइटमा ह्याकिङ प्रयास

 काठमाडौं , ३ असोज। गुगलको एआई मोडल जेमिनाईले साइबर सुरक्षा क्षमताको परीक्षणका क्रममा इन्टरनेटमा पहुँच बनाएर तीनवटा वेबसाइटमा ह्याकिङ प्रयास गरेको पाइएको छ।स्वतन्त्र साइबर सुरक्षा मूल्याङ्कन

देउवासहितको सहभागितामा अधिवेशन अघि बढाउन डडेल्धुराका पूर्वसभापतिको माग

डडेल्धुरा ,३ असोज । नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति तथा पूर्वप्रदेश सभा सदस्य कर्णबहादुर मल्लले डडेल्धुरामा भइरहेको जिल्ला अधिवेशनप्रति गम्भीर असहमति जनाउँदै बहिष्कारको घोषणा गर्नु भएको