१४ पटक विज्ञापन गर्दा पनि शिक्षक आएनन्, १५औँ पटक फेरि माग

बैतडी , असोज ३ । पञ्चेश्वर गाउँपालिका–२ मा रहेको देवथला माध्यमिक विद्यालयले विज्ञान शिक्षकका लागि १५ औं पटक विज्ञापन खोलेको छ। विद्यालयले संघीय अनुदान कोटामा गत शैक्षिकसत्र मंसिरदेखि नै विज्ञान विषयको दरबन्दीमा शिक्षक नपाएपछि  भदौ ३० मा १५ औं पटक १५ दिने सूचना प्रकाशित गरेको छ । गत शैक्षिक सत्रको मंसिरदेखि विज्ञान शिक्षकको लागि लगातार १४ पटकसम्म विज्ञापन गर्दा पनि दरखास्त नपरेकाले १५ औं पटक पनि विज्ञापन गर्न बाध्य भएको विद्यालयका प्रधानाध्यापक (प्र.अ) शुक्रबहादुर चन्दले बताउनुभयो। यसअघि कार्यरत शिक्षक घरपायक सरुवा भएर जानुभएको थियो ।

‘अध्यापन अनुमतिपत्र (लाइसेन्स) नभएका त धेरै जना सम्पर्कमा आउँछन्,’ उनले भने, ‘लाइसेन्स भएको विज्ञान शिक्षक कोही पनि सम्पर्कमा आउँदैनन् ।’अहिले विद्यालयमा निमावि तहका एक जना बिएस्सी र गणित शिक्षकबाट मावि तहको विज्ञान विषय अध्यापन गराउनुपर्ने बाध्यता रहेको प्रअ चन्दले बताउनुभयो । विद्यालयले पहिलो पटक एक महिनाको र त्यसपछि एक साता र अहिले हरेक १५ दिनमा विज्ञापन गर्दै आएको विद्यालयका लेखापाल जीवनसिंह मंगोलाले जानकारी दिनुभयो ।जिल्ला सदरमुकामबाट दुर्गम भारतसँग सिमाना जोडिएको ठाउँ भए पनि सडक, बिजुली र इन्टरनेटलगायत सबै सुविधा भएको विद्यालयमै पनि शिक्षक नभेटिने गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण चन्दले बताउनुभयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक