थ्री स्टार हाइड्रोपावरको नवौँ, दशौँ र एघारौँ वार्षिक साधारणसभा असोज २७ मा, असोज १५ गते बुक क्लोज

काठमाडौं , असोज ४। थ्री स्टार हाइड्रोपावर लिमिटेडले तीन आर्थिक वर्षका वार्षिक साधारणसभा एकैपटक बोलाउँदै चुक्तापुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव अघि सारेको छ ।कम्पनी सञ्चालक समितिको असोज २ गते बसेको बैठकले आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ को नवौँ, दशौँ र एघारौँ वार्षिक साधारणसभा असोज २७ गते काठमाडौंको नयाँ बानेश्वरस्थित स्मार्ट दरबारमा आयोजना गर्ने निर्णय गरेको हो । सभाको प्रमुख एजेन्डाका रूपमा हाल कायम एक सेयरबराबर अर्को एक सेयर (१ः१) अनुपातमा हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव राखिएको छ ।

प्रस्ताव पारित भए कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४९ लाख २५ हजार कित्ता हकप्रद सेयर जारी गर्न सक्नेछ ।हाल कम्पनीको चुक्तापुँजी ४९ करोड २५ लाख रुपैयाँ रहेको छ । प्रस्तावित हकप्रदबाट समान रकमको थप पूँजी जुटेपछि चुक्तापुँजी ९८ करोड ५० लाख रुपैयाँ पुग्नेछ । यद्यपि साधारणसभाबाट प्रस्ताव पारित भएलगत्तै हकप्रद निष्कासन भने हुने छैन । कम्पनीले विद्युत् नियमन आयोगसहित सम्बन्धित निकायको सहमति तथा नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि मात्रै हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ ।

तीन वर्षका वित्तीय विवरण पारित

साधारणसभामा तीनवटै आर्थिक वर्षका वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य वित्तीय विवरण अनुमोदन गरिने प्रस्ताव छ ।साथै, आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ का लेखापरीक्षक तथा पारिश्रमिक अनुमोदन गर्ने र चालु आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने कार्यसूची पनि समावेश गरिएको छ । कम्पनीले एक महिलासहित तीन सञ्चालक निर्वाचित गर्ने तथा सञ्चालक समिति गठनसम्बन्धी प्रस्ताव पनि सभामा लैजाने भएको छ ।

पूँजी संरचना संशोधन

विशेष प्रस्तावअन्तर्गत कम्पनीको ठेगाना परिवर्तन, अधिकृत तथा जारी पूँजी संशोधन र हकप्रद निष्कासनसँग सम्बन्धित प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । नियामक निकायबाट आवश्यक निर्देशन आए त्यसअनुसार परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि राखिएको छ ।

असोज १५ मा बुक क्लोज

साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १५ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । त्यसअनुसार असोज १४ गतेसम्म नेप्सेमा कायम सेयरधनीले सभामा सहभागी हुन, छलफल गर्न र मतदान गर्न पाउनेछन् । कम्पनीले प्रस्तावित हकप्रद सेयरका लागि भने नियामकीय स्वीकृति प्राप्त भएपछि छुट्टै बुक क्लोज मिति घोषणा गर्ने जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

असोज ८ देखि भारी वर्षाको सम्भावना : मौसमविद्लाई प्रश्न ?

काठमाडौं,४ असोज । नेपालमा आगामी असोज ८ गते बिहीबारदेखि १२ गतेसम्म वर्षाको गतिविधि बढ्न सक्ने मौसमविद्हरूले बताएका छन्। बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली र

एमाले कार्यदलले तीन प्रतिवेदन मिलाएर एउटै साझा प्रतिवेदन सचिवालयमा बुझाउने

काठमाडौँ , असोज ४ । एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले नेताहरूले बनाएका तीन वटा प्रतिवेदनलाई मिलाएर एउटै साझा प्रतिवेदन बनाई सचिवालयमा पठाउने भएको

गोरखामा जिप दुर्घटना हुँदा वृद्धाको मृत्यु, सात जना घाइते

गोरखा ,४ असोज। गोरखाको सिरानचोक गाउँपालिका–थालाजुङमा जिप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको ग

सुत्केरी विदा ६ महिना पुर्याउन संसदमा प्रस्ताव, गिट्टी कुट्ने आमादेखि सरकारी कर्मचारीसम्म लाभान्वित हुने

काठमाडौं । सुत्केरी विदा ६ महिना पुर्याउनुपर्छ भनेर संसदमा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावले गिट्टी कुट्ने आमादेखि सरकारी जागिरेसम्म लाभान्वित हुने बताइएको छ ।

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना, नेतृत्व उपसचिवले गर्ने

काठमाडौं , असोज ४ । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ