सांसद अमरेश सिंहले छठपछि मेची–महाकाली पैदल यात्रा गर्ने, दैनिक ७ घण्टा जनताका कुरा सुन्ने

काठमाडौं , असोज ४ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको बताउनुभएको छ।आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मेचीदेखि महाकालीसम्म पैदल यात्रा गर्नेबारे जानकारी दिने क्रममा सांसद सिंहले संविधानमाथि प्रहार भइरहेको जानकारी दिनुभयो ।उहाले अहिलेको संविधान कुनै कारणबस गयो भने आगामी १० वर्षसम्म पुनः संविधान नबन्ने दाबी गर्नुभयो । उहाले देश गृहयुद्धमा जाने र मधेशले केही पनि नपाउने बताउनुभयो ।सांसद सिंहले केन्द्रमा शासन गर्नेहरुले मधेशलाई कहिले पनि प्राथमिकतामा नराखेको बताउनुभयो । उहालेजनयुद्ध र मधेश आन्दोलनको जगबाट मधेशले केही उपलब्धि पाएता पनि अहिले त्यसको कुनै औचित्य नदेखिएको बताउनुभयो ।

सांसद सिंहले देशमा कुनै न कुनै किसिमले जहिले पनि मधेशमै द्वण्द्व, हिंसा, धार्मिक दंगालगायतका घटना हुने गरेकोप्रति सरकारलाई प्रश्न गर्नुभयो । उहाले मधेश र कोशी प्रदेशलाई ’ब्याटल ग्राउण्ड’ बनाउन खोजिएको बताउनुभएको छ  । यस्ता क्रियाकलाप हुनबाट बच्न र बचाउन सांसद सिंहले सबैजनालाई आग्रह गर्नुभयो । सांसद सिंहले मधेशलाई सरकारसंग जोड्न जनतामाझ गएर उनीहरुको अपेक्षा सुन्ने योजना बनाएको जानकारी दिनुभयो । त्यसका निम्ति उनले छठ पर्वको दिन जनकपुरधाममा पूजा गरेर मेचीदेखि महाकालीसम्मको पैदल यात्रा सुरु गर्ने
बताउनुभयो ।

उहाले प्रत्येक दिन पाँच घण्टा पैदल हिँड्ने र सात घण्टा प्रत्यक्ष जनताहरुसंग भेटेर उनीहरुको अपेक्षा सुन्ने बताउनुभयो । पैदल यात्रा समाप्त भएपछि जनताबाट सुनेका अपेक्षाहरु सरकारसमक्ष राख्ने र ती अपेक्षाहरु पूरा गर्न सरकारलाई आग्रह गर्नुका साथै दबाब दिने सांसद सिंहले जानकारी दिनुभयो ।रास्वपाकै सांसद भएर सरकारको आलोचना किन गरेको ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा सांसद सिंहले आफूले सरकारको आलोचना वा विरोध नगरेको प्रष्ट पार्नुभएको छ । उहाले जनताको आवाज र अपेक्षालाई सरकारसमक्ष राखेको बताउनुभयो । जनताले चाहेको कुरा सरकारलाई सुनाउनु नै आफ्नो कर्तव्य रहेको र त्यसका निम्ति जुनसुकै पार्टीको सरकार भएपनि आफूले आवाज उठाइरहने उहाले प्रष्ट पार्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

असोज ८ देखि भारी वर्षाको सम्भावना : मौसमविद्लाई प्रश्न ?

काठमाडौं,४ असोज । नेपालमा आगामी असोज ८ गते बिहीबारदेखि १२ गतेसम्म वर्षाको गतिविधि बढ्न सक्ने मौसमविद्हरूले बताएका छन्। बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली र

एमाले कार्यदलले तीन प्रतिवेदन मिलाएर एउटै साझा प्रतिवेदन सचिवालयमा बुझाउने

काठमाडौँ , असोज ४ । एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले नेताहरूले बनाएका तीन वटा प्रतिवेदनलाई मिलाएर एउटै साझा प्रतिवेदन बनाई सचिवालयमा पठाउने भएको

गोरखामा जिप दुर्घटना हुँदा वृद्धाको मृत्यु, सात जना घाइते

गोरखा ,४ असोज। गोरखाको सिरानचोक गाउँपालिका–थालाजुङमा जिप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको ग

सुत्केरी विदा ६ महिना पुर्याउन संसदमा प्रस्ताव, गिट्टी कुट्ने आमादेखि सरकारी कर्मचारीसम्म लाभान्वित हुने

काठमाडौं । सुत्केरी विदा ६ महिना पुर्याउनुपर्छ भनेर संसदमा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावले गिट्टी कुट्ने आमादेखि सरकारी जागिरेसम्म लाभान्वित हुने बताइएको छ ।

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना, नेतृत्व उपसचिवले गर्ने

काठमाडौं , असोज ४ । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ