दमक–६ कांग्रेसको सभापतिमा गोपाल गुरागाईं निर्विरोध

उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहनुभएका गुरागाईं केही वर्षअघि नेकपा एमाले परित्याग गरी कांग्रेस प्रवेश गर्नुभएको थियो।

दमक, ५ असोज । नेपाली कांग्रेस दमक–६ को वडा सभापतिमा गोपाल गुरागाईं निर्विरोध निर्वाचित हुनुभएको छ। दमक उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहनुभएका गुरागाईं केही वर्षअघि नेकपा एमाले परित्याग गरी कांग्रेस प्रवेश गर्नुभएको थियो।

आज वडामा भएको पार्टीको छलफलपछि निर्वाचन समितिले उहाँको एकल नाममा सहमति जनाउँदै वडा सभापतिमा सर्वसम्मत निर्वाचित गरेको हो।

यस्तै, उपसभापतिमा धनपति तिमिल्सिना र महिला उपसभापतिमा फर्निचर व्यवसायी रेणुका ओली चयन हुनुभएको छ। सचिवमा औषधिको थोक विक्रेता विवेक बजगाईं र सह–सचिवमा इलेक्ट्रोनिक सामानका होलसेल व्यवसायी दयासागर आचार्य चयन हुनुभएको छ।

कोषाध्यक्ष पदमा भने यी पदाधिकारीले मनोनित गर्ने प्रावधान रहेकाले सबै सदस्यको टुंगो लागेपछि चयन गरिने नवनिर्वाचित वडा सभापति गुरागाईंले जानकारी दिनुभएको छ।

वडा सभापतिमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै गुरागाईंले आगामी स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष बन्ने बाटो खुलेको बताउनुभयो। उहाँले वडा अध्यक्ष बनेर वडाको विकास र समृद्धिका लागि योजनाबद्ध रूपमा काम गर्ने बताउँदै त्यसका लागि विभिन्न योजना निर्माणको कामसमेत सुरु गरिसकेको जानकारी दिनुभयो।

यद्यपि, कांग्रेसको विधानमा वडा अध्यक्षको उम्मेदवार बन्न वडा सभापति नै हुनुपर्ने अनिवार्य व्यवस्था छैन। पार्टीले वडा सभापतिलाई नै वडा अध्यक्षका रूपमा अघि बढाउन सक्ने भएकाले गुरागाईंको निर्विरोध चयनलाई आगामी स्थानीय निर्वाचनसँग जोडेर हेरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

असोज ८ देखि भारी वर्षाको सम्भावना : मौसमविद्लाई प्रश्न ?

काठमाडौं,४ असोज । नेपालमा आगामी असोज ८ गते बिहीबारदेखि १२ गतेसम्म वर्षाको गतिविधि बढ्न सक्ने मौसमविद्हरूले बताएका छन्। बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली र

एमाले कार्यदलले तीन प्रतिवेदन मिलाएर एउटै साझा प्रतिवेदन सचिवालयमा बुझाउने

काठमाडौँ , असोज ४ । एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले नेताहरूले बनाएका तीन वटा प्रतिवेदनलाई मिलाएर एउटै साझा प्रतिवेदन बनाई सचिवालयमा पठाउने भएको

गोरखामा जिप दुर्घटना हुँदा वृद्धाको मृत्यु, सात जना घाइते

गोरखा ,४ असोज। गोरखाको सिरानचोक गाउँपालिका–थालाजुङमा जिप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको ग

सुत्केरी विदा ६ महिना पुर्याउन संसदमा प्रस्ताव, गिट्टी कुट्ने आमादेखि सरकारी कर्मचारीसम्म लाभान्वित हुने

काठमाडौं । सुत्केरी विदा ६ महिना पुर्याउनुपर्छ भनेर संसदमा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावले गिट्टी कुट्ने आमादेखि सरकारी जागिरेसम्म लाभान्वित हुने बताइएको छ ।

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना, नेतृत्व उपसचिवले गर्ने

काठमाडौं , असोज ४ । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ