डिजिटल नेपाल कन्क्लेभ : ‘विपद्का बेला सडक अवरुद्ध भए पनि सञ्चार निरन्तर हुनुपर्छ’

काठमाडौं , असोज ४ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालले केवल डिजिटल रूपान्तरणमा केन्द्रित नभई उत्थानशील (रेजिलेन्स) डिजिटल प्रणाली निर्माण गर्नुपर्ने बताउनुभएको छ ।डिजिटल नेपाल कन्क्लेभ २०२६ लाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले पछिल्ला विपद्का घटनाले संकटका बेला सूचना, सञ्चार र तथ्याङ्कको महत्त्व पूर्वाधारजत्तिकै हुने देखाएको बताउनुभयो । उहाले  विपद्का समयमा सडक तथा अन्य भौतिक संरचना अवरुद्ध भए पनि सञ्चार र सूचना प्रवाह निरन्तर रहन आवश्यक रहेको बताउनुभयो ।

उहाले भन्नुभयो , ‘ धेरै वर्षदेखि हामीले डिजिटल रूपान्तरणका विषयमा कुरा गर्दा मुख्यतया कार्यदक्षता, सहजता र आधुनिकीकरणका रूपमा मात्र चर्चा ग¥यौँ। प्रविधिले सरकारी सेवाहरूलाई कसरी छिटोछरितो बनाउन सक्छ, व्यवसायहरूलाई कसरी बढी उत्पादनशील बनाउन सक्छ र नागरिकहरूलाई कसरी अझ बढी जोड्न सक्छ भन्ने कुरामा छलफल ग¥यौँ। ती लक्ष्यहरू पक्कै पनि महत्त्वपूर्ण नै छन् । तर पछिल्ला केही हप्ताका घटनाहरूले हामीलाई के सम्झाइदिएका छन् भने, डिजिटल रूपान्तरण यतिमा मात्र सीमित हुनु हुँदैन, योभन्दा धेरै हुनुपर्छ । नेपाललाई केवल डिजिटल रूपान्तरण मात्र होइन, उत्थानशील डिजिटल रूपान्तरण चाहिएको छ ।’

भोटेकोशी–त्रिशूली नदीमा आएको बाढी तथा विपत्तिले जनधनको क्षति, समुदाय विस्थापन र पूर्वाधारमा क्षति पु¥याएको उल्लेख गर्दै उहाले सरकार उद्धार, राहत, पुनर्लाभ, पुनस्र्थापना तथा पुनर्निर्माणमा संलग्न रहेको बताउनुभयो । उक्त विपत्तिबाट सूचना प्रणाली, सञ्चार सञ्जाल, सरकारी निकायबीचको समन्वय र विपद् प्रतिकार्यका लागि आवश्यक पूर्वतयारीको समेत परीक्षण भएको उहाको भनाइ थियो ।उहा भन्नुहुन्छ , ‘भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी विपत्तिले हाम्रो राष्ट्रमा गहिरो चोट पु¥याएको छ । जनधनको क्षति, समुदायहरूको विस्थापन, पूर्वाधारको विनाश र अनिश्चितताका बीच जवाफ खोजिरहेका परिवारहरूलाई प्रत्यक्ष देख्यौँ। सरकारका रूपमा उद्धार, राहत, पुनर्लाभ र अहिले पुनस्र्थापना तथा पुनर्निर्माणको लामो प्रक्रियामा संलग्न छौँ । तर यस विपत्तिका बीच हामीले केही महत्त्वपूर्ण पाठहरू पनि सिकेका छौँ । संकटको समयमा सूचना पनि पूर्वाधार जत्तिकै महत्त्वपूर्ण बन्दछ ।’

उहाले संकटका समयमा डिजिटल प्रणालीले नागरिकलाई निरन्तर सेवा दिनसक्ने, सरकारले प्रभावकारी रूपमा सञ्चार गर्न सक्ने, सरकारी निकायले वास्तविक समयमा समन्वय गर्न सक्ने तथा अत्यावश्यक सेवा र सूचना नागरिकसम्म पु¥याउन सक्ने व्यवस्था आवश्यक रहेको बताउनुभयो । सत्यभन्दा छिटो भ्रम फैलिन सक्ने अवस्थामा तथ्य र हल्लाबीचको भिन्नता छुट्याउन सक्ने सूचना प्रणालीको आवश्यकता पनि उहाले औल्याउनुभयो ।उहाले भन्नुभयो , ‘सञ्चार, यातायात जत्तिकै महत्त्वपूर्ण बन्दछ । तथ्याङ्क (डेटा), भौतिक स्रोतसाधन जत्तिकै महत्त्वपूर्ण बन्दछ र विश्वास, प्रविधि जत्तिकै महत्त्वपूर्ण बन्दछ । जब सडकहरू अवरुद्ध हुन्छन्, तब सञ्चार खुला रहनैपर्छ । जब समुदायहरू एक्लिन्छन्, तब पनि सूचना प्रवाह भइरहनुपर्छ। जब आकस्मिक निर्णयहरू लिनुपर्ने हुन्छ, तब भरपर्दो तथ्याङ्क उपलब्ध हुनैपर्छ। अनि जब डर र अनिश्चितता फैलिन्छ, तब नागरिकहरूको पहुँच विश्वसनीय सूचनामा हुनैपर्छ ।’

डिजिटल रूपान्तरणलाई प्राविधिक परियोजनाका रूपमा मात्र हेर्न नहुने उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले यसलाई शासन सुधार, विकास र राष्ट्र निर्माणसँग जोडेर अघि बढाउनुपर्ने बताउनुभयो ।सञ्चार प्रणाली सुदृढ गर्ने, सूचनामा नागरिकको पहुँच विस्तार गर्ने र सूचनाको सत्यनिष्ठा प्रवद्र्धन गर्दै जोडिएको तथा उत्थानशील नेपाल निर्माणका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय प्रतिबद्ध रहेको उहाले बताउनुभयो । यसका लागि सरकारी निकाय, निजी क्षेत्र, प्राज्ञिक क्षेत्र, नवप्रवर्तनकर्ता, विकास साझेदार र नागरिकसहितका सरोकारवालासँग सहकार्यलाई निरन्तरता दिने उहाले बताउनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

असोज ८ देखि भारी वर्षाको सम्भावना : मौसमविद्लाई प्रश्न ?

काठमाडौं,४ असोज । नेपालमा आगामी असोज ८ गते बिहीबारदेखि १२ गतेसम्म वर्षाको गतिविधि बढ्न सक्ने मौसमविद्हरूले बताएका छन्। बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली र

एमाले कार्यदलले तीन प्रतिवेदन मिलाएर एउटै साझा प्रतिवेदन सचिवालयमा बुझाउने

काठमाडौँ , असोज ४ । एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले नेताहरूले बनाएका तीन वटा प्रतिवेदनलाई मिलाएर एउटै साझा प्रतिवेदन बनाई सचिवालयमा पठाउने भएको

गोरखामा जिप दुर्घटना हुँदा वृद्धाको मृत्यु, सात जना घाइते

गोरखा ,४ असोज। गोरखाको सिरानचोक गाउँपालिका–थालाजुङमा जिप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको ग

सुत्केरी विदा ६ महिना पुर्याउन संसदमा प्रस्ताव, गिट्टी कुट्ने आमादेखि सरकारी कर्मचारीसम्म लाभान्वित हुने

काठमाडौं । सुत्केरी विदा ६ महिना पुर्याउनुपर्छ भनेर संसदमा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावले गिट्टी कुट्ने आमादेखि सरकारी जागिरेसम्म लाभान्वित हुने बताइएको छ ।

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना, नेतृत्व उपसचिवले गर्ने

काठमाडौं , असोज ४ । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ