सुत्केरी विदा ६ महिना पुर्याउन संसदमा प्रस्ताव, गिट्टी कुट्ने आमादेखि सरकारी कर्मचारीसम्म लाभान्वित हुने

काठमाडौं । सुत्केरी विदा ६ महिना पुर्याउनुपर्छ भनेर संसदमा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावले गिट्टी कुट्ने आमादेखि सरकारी जागिरेसम्म लाभान्वित हुने बताइएको छ ।

महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले आयोजना गरेको सुरक्षित मातृत्व अधिकार सम्बन्धि छलफल कार्यक्रममा प्रस्तावक सांसद सीता (उर्मिला) थपलियाले यो प्रस्ताव सबै सुत्केरी आमालाई लाभ पुर्याउने उद्देश्यले ल्याइएको बताउनु भयो ।

संसदमा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई स्वस्थ्य नागरिक उत्पादन र मानवअधिकारसँग जोडेर हेर्न उहाँले आग्रह गर्नुभयो ।

आम नागरिकको स्वास्थ्यसँग जोडिएको प्रस्ताव भएकाले यसलाई सकारात्मक रुपमा लिन उहाँले आग्रह गर्नुभयो ।

‘यो सुरुवात भएको छ, यसका अव्यवहारिक पाटाहरुमा छलफल गरेर अघि बढ्नुपर्छ, सांसद थपलियाले भन्नु भयो, ‘कुनै हचुवाको भरमा यो प्रस्ताव ल्याइएको होइन, यसमा लामो समयदेखि बहस र अनुसन्धान भइरहेकै विषय हो, संसदले यसलाई कानुनीरुप दिनुपर्छ ।’

उक्त प्रस्तावका समर्थक सांसद सरस्वती लामाले ६ महिनाको प्रयासपछि प्रस्ताव ससदमा दर्ता भएको जानकारी दिनुभयो। उहाँले उक्त प्रस्तावको पक्षमा सबै सांसद रहेको र यसले छिट्टै कानुनको रुप लिने बताउनु भयो । यो प्रस्तावलाई अझ परिस्कृत र सान्दर्भिक बनाउन यस्ता छलफल उपयोगी हुने उहाँले बताउनु भयो । केही पुरुष महिलाका समस्या बुझ्दैनन्, उनीहरुलाई सम्झाउन जरुरी भएको पनि सांसद लामाको भनाइ थियो ।

नेपालको जनसंख्याको ५१ दशमलब २ प्रतिशत महिला छन् । १५–५९ वर्षका ८७ लाख र २०–४० वर्षका करिब ५० लाख महिला प्रजनन उमेर समूहका छन् । निजामतिमा ३०, शिक्षकमा २७, स्वास्थ्यमा ५५, बैंकिङमा २५–३० र गार्मेन्टमा १८ प्रतिशत महिला पुगिसक्दा पनि ‘बच्चा पाउने, पाल्ने आमाकै काम हो’ भन्ने सोचले गर्दा धेरै दिदीबहिनी आमा बन्नबाट पछि हट्नु भएको छ । संविधानले अधिकार दिए पनि कार्यान्वयन नहुँदा यो प्रस्ताव ल्याउनु परेको दर्ता भएको प्रस्तावमा उल्लेख छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दाँतको बुद्धि बंगराले दुःख दिएपछि ………………..

अस्पतालमा परामर्श केन्द्रका रूपमा मात्र नभई दाँतसम्बन्धी विभिन्न विधाका विशेषज्ञमार्फत सेवा प्रदान भइरहेको अस्पतालले जनाएको छ।

पत्रकारिताका स्थापित मान्यता पालना गर्न एमाले अध्यक्ष ओलीको सञ्चारकर्मीलाई आग्रह

काठमाडौं ,असोज ४ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारितामा प्रश्न सोध्ने र त्यसलाई प्रकाशन गर्ने क्रममा स्थापित मान्यता पालना गर्न सञ्चारकर्मीलाई आग्रह

असोज ८ देखि भारी वर्षाको सम्भावना : मौसमविद्लाई प्रश्न ?

काठमाडौं,४ असोज । नेपालमा आगामी असोज ८ गते बिहीबारदेखि १२ गतेसम्म वर्षाको गतिविधि बढ्न सक्ने मौसमविद्हरूले बताएका छन्। बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली र

एमाले कार्यदलले तीन प्रतिवेदन मिलाएर एउटै साझा प्रतिवेदन सचिवालयमा बुझाउने

काठमाडौँ , असोज ४ । एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले नेताहरूले बनाएका तीन वटा प्रतिवेदनलाई मिलाएर एउटै साझा प्रतिवेदन बनाई सचिवालयमा पठाउने भएको

गोरखामा जिप दुर्घटना हुँदा वृद्धाको मृत्यु, सात जना घाइते

गोरखा ,४ असोज। गोरखाको सिरानचोक गाउँपालिका–थालाजुङमा जिप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको ग