पत्रकारिताका स्थापित मान्यता पालना गर्न एमाले अध्यक्ष ओलीको सञ्चारकर्मीलाई आग्रह

काठमाडौं ,असोज ४ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारितामा प्रश्न सोध्ने र त्यसलाई प्रकाशन गर्ने क्रममा स्थापित मान्यता पालना गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रश्न सोध्नुअघि र समाचार प्रकाशन गर्नुअघि सम्बन्धित व्यक्तिसँग आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने बताउनुभयो ।

उहाले भन्नुभयो, ‘दुनियाँभरि पत्रकारिताको नियम के हुन्छ भने ‘तपाईँसँग प्रश्न सोध्न सक्छु’ भनेर सोधिन्छ । प्रश्न सोधेपछि त्यसलाई प्रकाशित गर्नुभन्दा अगाडि स्ट्यान्डर्ड पत्रकारिता भनेको तपाईँले भन्नुभएको कुरा यो हो, हामी प्रकाशित गर्दैछौँ गरौं भनेर सोधिन्छ ।’ओलीले सञ्चारकर्मीलाई प्रश्न सोध्ने क्रममा आफूखुसी व्यवहार नगर्न आग्रह गर्नुभयो । कसैको अनुमति नलिई माइक अगाडि ल्याएर प्रश्न गर्न नहुने ओलीको भनाइ थियो ।उहाले भन्नुभयो, ‘पहिले प्रश्न गर्न मिल्छ भनेर सोध्नुस् । तपाईँहरू थुतुनोमै घोचेर, मुखमा घोचेर प्रश्न सोध्नुहुन्छ । त्यो नगर्नुस्, सोध्नुस् । हामी केही प्रश्न गर्न सक्छौँ भनेर ?’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

ज्येष्ठ नागरिकका अनुभवलाई अनुसन्धानको आधार बनाउँदै भालाकुशारी

अमेरिका , ४ असोज । ज्येष्ठ नागरिकको स्वास्थ्य, पारिवारिक हेरचाह र स्वास्थ्य सेवामा पहुँचका विषयमा काम गर्दै आएको प्रोजेक्ट भालाकुशारीको विशेष बैठक अमेरिकाको ह्यारिस्बर्गमा सम्पन्न

हिमपातबीच मनास्लुमा आमरण अनशन, ११ युवाको स्वास्थ्य जोखिममा

गोरखा , असोज ४ । हिमतालबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणको माग राख्दै गोरखास्थित मनास्लु हिमालको आधार शिविरमा युवाहरूले सुरु गरेको आमरण अनशन आज तेस्रो

वैवाहिक जबरजस्तीकरणी मुद्दा कमजोर बनाएको रितु सिंहको आरोप

काठमाडौं , असोज ४। बाँकेकी रितु सिंहले आफ्नो श्रीमान गोविन्द महताराविरुद्धको वैवाहिक जबरजस्तीकरणीलाई कमजोर बनाएको आरोप लगाउनुभएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तत्कालिन अवस्थामा

दिल्लीबाट फर्किए वाग्ले , बाढीको पुनर्निर्माणदेखि बालेनको भारत भ्रमणसम्म के हुँदैछ? के वाग्लेको दिल्ली यात्रा बालेनको भ्रमणको आधारभूमि हो?

काठमाडौं,४ असोज । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने तयारी गरिरहँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको तीनदिने भ्रमण सकेर स्वदेश फर्किएका

पत्रकारिताका स्थापित मान्यता पालना गर्न एमाले अध्यक्ष ओलीको सञ्चारकर्मीलाई आग्रह

काठमाडौं ,असोज ४ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारितामा प्रश्न सोध्ने र त्यसलाई प्रकाशन गर्ने क्रममा स्थापित मान्यता पालना गर्न सञ्चारकर्मीलाई आग्रह