वैवाहिक जबरजस्तीकरणी मुद्दा कमजोर बनाएको रितु सिंहको आरोप

काठमाडौं , असोज ४। बाँकेकी रितु सिंहले आफ्नो श्रीमान गोविन्द महताराविरुद्धको वैवाहिक जबरजस्तीकरणीलाई कमजोर बनाएको आरोप लगाउनुभएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तत्कालिन अवस्थामा बाँके प्रहरी, सरकारी वकिल र कर्मचारीको मिलेमतोमा पीडकलाई उन्मुक्ति दिएको गुनासो गर्नुभएको छ ।पीडित सिंहले ०८२ मा हालेको वैवाहिक मुद्दामा बाँके जिल्ला अदालतले निज महतारालाई धरौटीमा रिहा गरेपनि उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले पुर्पक्षमा पठाएको तर तत्काल सर्बोच्चले जिल्ला अदालतकै आदेशलाई सदर गरेपछि थप पीडा भएको गुनासो सिंहको छ ।

आफ्नो मुद्दालाई कमजोर पार्न बाँके जिल्ला सरकारी वकिल दशरथ गौतम र बाँकेको डुडुवा गाउँपालिका सचिवका रुपमा कार्यारत विद्याराम यादवले सबैभन्दा बढी चलखेल गरेको उहाको आरोप छ । आफ्नो मुद्दालाई निस्कृय बनाउन दशरथ गौतमले अनेक हत्कण्डा अपानाएको उहाले जनाउनुभयो ।त्यसैगरी पालिका सचिव यादवले स्थानीय निकायमा भएका दस्तावेज उपलब्ध गराउनका लागि एक लाख घुससमेत मागेको बताउँदै सिंहले भन्नुभयो,‘यादवले मागेको रकम दिन मैंले इन्कार गरेपछि उहाले ‘तपाईको श्रीमानले विवाह दर्तासम्बन्धी प्रमाण नदिन रोक लगाउनु भएको छ,’ भन्नुभयो ।’बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका ४ गणेशपुर निवासी तथा सडक पूर्वाधार विकास कार्यालय रोल्पा लिभाङ प्रमुख इन्जिनियर गोविन्द बहादुर महतारा क्षेत्रीसँग २०७४ मंसिर २६ गते विवाह गरेर वैधानिक श्रीमती भएको सिंहले बताउनुभयो । श्रीमान महताराले पछि आफूमाथि जबरजस्तीकरणी गरेपछि कानुनी उपचारमा जान बाध्य भएको जानकारी दिनुभयो ।

‘मेरो श्रीमान किन ममाथि यसरी हिंसात्मक र क्रुर बन्नहुन्छ भन्ने पछि थाहा भयो कि उहाँको अर्को पनि श्रीमती रहिछन्’, सिंहले भन्नुभयो ।बारम्बार आफूमाथि वैवाहिक हिंसा चलिरहेपछि सहनै नसकी २०८२ मा आफूले ‘वैवाहीक जक’ सम्बन्धि मुद्दा हालेको र त्यसमा आफ्ना प्रर्याप्त प्रमाण र आधारलाई अन्देखा गरी पुर्पपक्षमा थुन्नुपर्नेलाई धरौटीमा छाडेको उहाको गुनासो छ ।आफूले घटना भएलगत्तै बाँके प्रहरी समक्ष जाहेर दिन जाँदा प्रहरीले दर्ता गर्न इन्कार गरेको र पछिल्लो समयमा आएर वर्तमान प्रहरी प्रमुखले सहयोग गरेर मुद्दा केही हदसम्म अगाडि बढाउन मदत गरेको उहाको कथन छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण

इरान युद्ध : अमेरिकी सैनिकको मृत्यु संख्यामा प्रश्न, वासिङ्टन पोस्ट र पेन्टागनको फरक दाबी

काठमाडौँ , असोज ४ । इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको विवरण ट्रम्प सरकारले लुकाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।वासिङ्टन पोस्टले नाम

बलुचिस्तानमा सेनाको कारबाही, ५ लडाकु मारिए, २३ सर्वसाधारण उद्धार

काठमाडौँ , असोज ४ । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा एक प्रमुख राजमार्गमा भएको सुरक्षा कारबाहीका क्रममा ५ जना लडाकु विद्रोही मारिएको सेनाले जनाएको छ ।

वाग्ले–सीतारमण भेटमा नेपाली झण्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

काठमाडौं , असोज ४ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटको तस्वीरमा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण

एन्फा प्रकरण : जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ , असोज ४ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न

ज्येष्ठ नागरिकका अनुभवलाई अनुसन्धानको आधार बनाउँदै भालाकुशारी

अमेरिका , ४ असोज । ज्येष्ठ नागरिकको स्वास्थ्य, पारिवारिक हेरचाह र स्वास्थ्य सेवामा पहुँचका विषयमा काम गर्दै आएको प्रोजेक्ट भालाकुशारीको विशेष बैठक अमेरिकाको ह्यारिस्बर्गमा सम्पन्न