रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण गरेको दाबी गरेको छ ।हुथीका सैन्य प्रवक्ता याह्या अल–सरीअले शनिबार रियादका ‘संवेदनशील स्थल’ तथा रेड सी तटको यान्बुस्थित सरकारी तेल तथा ग्यास कम्पनी अराम्कोका संरचनालाई लक्षित गरी ‘ठूलो संख्यामा ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोन’ प्रयोग गरिएको बताउनुभएको छ ।साउदी अधिकारीहरूले भने रियादतर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले रोकेर नष्ट गरेको बताउनुभएको छ ।

थप आक्रमण वा मानवीय क्षतिबारे भने उहाहरुले पुष्टि गर्नुभएको छैन ।शनिबार साउदी राजधानीस्थित अन्तर्राष्ट्रिय विमानस्थलनजिक इन्धन भण्डारण ट्यांकीबाट कालो धुवाँको मुस्लो उठेको देखिएको थियो । आक्रमणका कारण केही समय उडानसमेत प्रभावित भएको जनाइएको छ । हुथीले साउदी आक्रमणको जवाफमा आक्रमण गरेको दाबी गरेको छ । हुथीका प्रवक्ता अल–सरीअले साउदीले यमनको राजधानी सानामाथि गरेको ‘आपराधिक प्रयास’को जवाफमा आक्रमण गरिएको बताउनुभएको छ । उहाका अनुसार साउदीले पछिल्लो एक सातामा यमनमा ३ सय पटक आक्रमण गरेको थियो ।साउदी नेतृत्वको गठबन्धनका एक अधिकारीका अनुसार बिश, ताइफ, फरासन र यान्बु सहरमा सर्वसाधारणलाई लक्षित गर्ने ‘शत्रुतापूर्ण प्रयास’लाई पनि हवाई प्रतिरक्षा प्रणालीले रोकेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस पथरी शनिश्चरेमा भट्टराईको उम्मेदवारी घोषणा

पथरी, ४ असोज / नेपाली कांग्रेसको पथरी शनिश्चरे नगर अधिवेशनमा निवर्तमान नगर सचिव दुर्गाप्रसाद भट्टराईले नगर सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १५ औं

रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण

इरान युद्ध : अमेरिकी सैनिकको मृत्यु संख्यामा प्रश्न, वासिङ्टन पोस्ट र पेन्टागनको फरक दाबी

काठमाडौँ , असोज ४ । इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको विवरण ट्रम्प सरकारले लुकाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।वासिङ्टन पोस्टले नाम

बलुचिस्तानमा सेनाको कारबाही, ५ लडाकु मारिए, २३ सर्वसाधारण उद्धार

काठमाडौँ , असोज ४ । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा एक प्रमुख राजमार्गमा भएको सुरक्षा कारबाहीका क्रममा ५ जना लडाकु विद्रोही मारिएको सेनाले जनाएको छ ।

वाग्ले–सीतारमण भेटमा नेपाली झण्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

काठमाडौं , असोज ४ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटको तस्वीरमा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण

एन्फा प्रकरण : जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ , असोज ४ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न