सरकराले बेलिब्रिजबारे एआई नक्सा बनाएर हल्ला फैलायो : ओली

काठमाडौं ,५ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले अनुशासनमा एमाले पार्टी सबैभन्दा कमजोर रहेको स्वीकार गर्नुभयो ।

सोमबार एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्टाटस लेख्ने, अपलोड गर्ने तथा कमेन्ट गर्ने गराउने प्रवृत्ति स्वस्थ नभएको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘म आग्रह गर्छु, विरोधीले खेल्ने यस्ता ठाउँहरू दिनुहुँदैन । स्टाटस लेख्ने, अपलोड गर्ने अनि कमेन्ट गर्ने वा गराउने स्वस्थ तरिका होइन । खुलस्त छलफल पार्टीभित्र नै हुनुपर्छ । अहिले अनुशासनमा कमजोर हाम्रै पार्टी देखिनु भनेको सारै दुःखलाग्दो कुरा हो।’

अध्यक्ष ओलीले सरकारको असक्षमता र राज्यका साधन स्रोतको दुरुपयोग जनताले देखेको दाबी गर्नु भयो । उहाँले सरकारले अफवाह फैलाएको आरोपसमेत लगाउनु भयो।

‘सरकारको असक्षमता, अकर्मण्यता र राज्यका साधन स्रोतहरूको दुरुपयोग आम जनताले देखेको छ । र अफवाह कसरी राज्यस्तरबाट फैलाइयो त्यो कुरा पनि देखिएको छ,’ उहाँले भन्नु भयो।

उहाँले बेलिब्रिज निर्माणबारे समेत उदाहरण दिँदै सामान नआउँदै बेलिब्रिज बनेको भनेर प्रचार गरिएको दाबी गर्नुभयो। उहाँले बागमती प्रदेश सरकारले विपद्का बेला गरेको सहयोगको भने प्रशंसा गर्नुभयो ।

‘बागमती सरकारलाई धन्यवाद भन्न चाहन्छु, बरु तत्काल तुइन हालेर औषधिदेखि सबैथोक ल्याएर जनताको साथमा छौँ भनेर साथ दिए,’ उहाँले भन्नु भयो।

बैठकमा बोल्न तीन मिनेट समय, भिडियो नखिच्न आदेश

यसैबीच, एमाले केन्द्रीय कमिटी बैठकमा बोल्न चाहने प्रत्येक सदस्यका लागि तीन मिनेट समय निर्धारण गरिएको छ । बैठकको सुरुवातमै अध्यक्ष ओलीले बोल्न चाहने सबै केन्द्रीय सदस्यलाई समय उपलब्ध गराइने जानकारी गराउनु भयो।

निर्धारित समयमा बोल्न नभ्याएका विषय लिखित रूपमा दिन सकिने उहाँले बताउनु भयो। आफूले प्रस्तुत गरेको प्रतिवेदन लामो भएकाले सदस्यहरूलाई अध्ययनका लागि सोमबारको बैठक चाँडै टुंग्याउने र मंगलबारदेखि छलफल अघि बढाउने उहाँको भनाइ थियो।

अध्ययनपछि बोल्ने नेताहरूलाई विषय केन्द्रित भएर धारणा राख्न पनि ओलीले निर्देशन दिनुयो।

यस्तै, मंगलबारदेखि बैठकस्थलमा मोबाइल फोन नल्याउन उहाँले निर्देशन दिनुभयो। बैठकस्थलमा मोबाइलबाट भिडियो खिच्न, रेकर्ड गर्न तथा लाइभ गर्नसमेत नपाइने उहाँले बताउनु भएको छ।

बैठकमा आफ्नो आसन छाड्दा र बोल्दा अध्यक्षको अनुमति लिनुपर्ने निर्देशनसमेत ओलीले उहाँले दिनुभयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक