सुनसरी ,५ असोज । सुनसरीको इटहरी उपमहानगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
सोमबार इटहरी–१० संविधानचोकस्थित निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा मेसिन चलाउने क्रममा करेन्ट लागेर २० वर्षीय शिवम विकको मृत्यु भएको हो ।
मेसिन चलाउने क्रममा करेन्ट लागेर विक घाइते भएका थिए । उनको उपचारकोक्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।









