प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं ,५ असोज। शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताउनु भएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले सरकारले उच्च शिक्षा, प्राविधिक शिक्षा र आधारभूत शिक्षालाई प्राथमिकतामा राखेर विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भयो ।

उहाँले प्राविधिक शिक्षामा अभिभावक र विद्यार्थीको चासो न्यून देखिँदा कतिपय प्राविधिक शिक्षालयमा विद्यार्थी भर्ना न्यून भएको बताउनु भयो ।

उनले भने, ‘नेपाल सरकारले उच्च शिक्षा, प्राविधिक शिक्षा र आधारभूत शिक्षामा विशेष जोड दिइ विभिन्न योजना र कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । तथापी प्राविधिक शिक्षामा अभिभावक र विद्यार्थीको चासो न्युन देखिएकोले प्रविधिक शिक्षालयहरुमा विद्यार्थी भर्ना न्यून भएको अवस्था पनि कतिपय ठाउँमा छ । यस क्षेत्रमा विभिन्न समस्याहरुको समधान गर्दै प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानूनी प्रवन्ध गर्दै लगिनेछ।’

त्यस्तै, मन्त्री पोखरेलले चीन र नेपालबीचको मैत्रीपूर्ण खेलका क्रममा घाइते भएका खेलाडी आशिष राईलाई उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिनु भयो ।

उहाँका अनुसार २०२५ फेब्रुअरी १५ मा चीन र नेपालबीच मैत्रीपूर्ण खेल भइरहेको अवस्थामा घाइते भई थाइल्याण्डमा उपचाररत रहेका राईलाई राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको २०८३ साउन १४ गतेको बैठकबाट चालु आर्थिक वर्षको स्वीकृत बजेटको परिधिभित्र रही उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको हो ।

मन्त्री पोखरेलले खेलाडी कल्याणकारी कोष सञ्चालनसम्बन्धी मापदण्डको मस्यौदा पनि राष्ट्रिय खेलकुद परिषद्ले तयार गरिसकेको बताउनु भयो ।

उहाँले उक्त मापदण्ड स्वीकृत गरी राईलाई यथासम्भव थप आर्थिक सहयोग उपलब्ध गराउने प्रक्रिया प्रारम्भ भइसकेको जानकारी दिनु भयो ।

उहाँले भन्नाु भयो, ‘सन २०२५ फेब्रवरी १५ मा चीन र नेपालबीच मैत्रीपूर्ण खेलभइरहेको अवस्थामा घाइते भई थाइल्याण्डमा उपचारत रहेका आशिस राईलाई राष्ट्रिय खेलकुद परिषदको कार्यकारी समितिको २०८३ साउन १४ गतेको बैठकबाट चालु आर्थिक वर्षको स्विकृत बजेटको परिधिभित्र रहि उपचारको लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ । साथै खेलाडी कल्याणकारी कोष सञ्चालन सम्बन्धी मापदण्डको मस्यौदा राष्ट्रिय खेलकुद परिषदद्धारा तयार गरिएको र सो मापदण्ड स्विकृत गरि यथासम्भव थप आर्थिक सहयोग उपलव्ध गराउने प्रकृया प्रारम्भ भइसकेको जानकारी गराउन चाहान्छु।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सांसद अवस्थीको व्यंग्य : ‘दिल्ली सस्तो, सुदूरपश्चिम महँगो’

काठमाडौं,५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आकृति अवस्थीले नेपालका आन्तरिक उडानको हवाई भाडा अत्यधिक महँगो भएको भन्दै सरकार र एयरलाइन्स कम्पनीको ध्यानाकर्षण गराउनु

वन फँडानी र अतिक्रमण रोक्न सकिएला?

वन संरक्षणलाई चुनौतीका रूपमा स्वीकार गर्नुभएका अध्यक्ष दंगालले समस्या समाधानका लागि आफू अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

गछियाका माउन्ट मकालुका विद्यार्थीले बनाए ‘क्युबस्‍याट’, अन्तरिक्ष प्रविधिप्रति देखाए उत्साह

सुन्दरहरैँचा (मोरङ), ५ असोज । मोरङको सुन्दरहरैँचा–३, गछियास्थित माउन्ट मकालु माध्यमिक विद्यालयका विद्यार्थीले अन्तरिक्ष प्रविधिमा आधारित ‘क्युबस्‍याट’ परियोजना निर्माण गरेका छन्। विद्यालयका विद्यार्थीहरूको टोली ‘टिम

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं ,५ असोज। शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताउनु भएको छ

इटहरीमा करेन्ट लागेर एक युवकको मृत्यु

सुनसरी ,५ असोज । सुनसरीको इटहरी उपमहानगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सोमबार इटहरी–१० संविधानचोकस्थित निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा मेसिन चलाउने