गछियाका माउन्ट मकालुका विद्यार्थीले बनाए ‘क्युबस्‍याट’, अन्तरिक्ष प्रविधिप्रति देखाए उत्साह

सुन्दरहरैँचा (मोरङ), ५ असोज । मोरङको सुन्दरहरैँचा–३, गछियास्थित माउन्ट मकालु माध्यमिक विद्यालयका विद्यार्थीले अन्तरिक्ष प्रविधिमा आधारित ‘क्युबस्‍याट’ परियोजना निर्माण गरेका छन्।

विद्यालयका विद्यार्थीहरूको टोली ‘टिम एरोनटिक्स’ ले तयार पारेको क्युबस्‍याटले विद्यार्थीमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनप्रतिको बढ्दो रुचि देखाएको छ।

विद्यार्थीहरूले सीमित स्रोतसाधनका बीच अनुसन्धान, प्रयोग र निरन्तर प्रयास गर्दै परियोजना तयार पारेका हुन्। परियोजना निर्माणका क्रममा उनीहरूले अन्तरिक्ष प्रविधि, इन्जिनियरिङ, इलेक्ट्रोनिक्स र प्रोग्रामिङ सम्बन्धी व्यावहारिक ज्ञान हासिल गरेका छन्।

यस परियोजनाले विद्यार्थीमा समस्या समाधान गर्ने क्षमता, सिर्जनात्मक सोच, अनुसन्धान गर्ने बानी र टोलीमा काम गर्ने सीप विकास गर्नसमेत सहयोग पुगेको विद्यालयले जनाएको छ।

विद्यार्थीहरूले क्युबस्‍याटलाई आफ्नो मेहनत, अनुसन्धान र सिर्जनशीलताको प्रतिफलका रूपमा प्रस्तुत गर्दै यसले भविष्यमा विज्ञान तथा अन्तरिक्ष प्रविधिको क्षेत्रमा थप नयाँ काम गर्ने आत्मविश्वास बढाएको बताएका छन्।

विद्यालय तहबाटै यस्ता प्रयोगात्मक परियोजनामार्फत विद्यार्थीलाई विज्ञान र प्रविधिसँग जोड्ने प्रयासले नयाँ पुस्तामा अन्तरिक्ष प्रविधि, इन्जिनियरिङ र नवप्रवर्तनप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन

सांसद अवस्थीको व्यंग्य : ‘दिल्ली सस्तो, सुदूरपश्चिम महँगो’

काठमाडौं,५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आकृति अवस्थीले नेपालका आन्तरिक उडानको हवाई भाडा अत्यधिक महँगो भएको भन्दै सरकार र एयरलाइन्स कम्पनीको ध्यानाकर्षण गराउनु

वन फँडानी र अतिक्रमण रोक्न सकिएला?

वन संरक्षणलाई चुनौतीका रूपमा स्वीकार गर्नुभएका अध्यक्ष दंगालले समस्या समाधानका लागि आफू अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

गछियाका माउन्ट मकालुका विद्यार्थीले बनाए ‘क्युबस्‍याट’, अन्तरिक्ष प्रविधिप्रति देखाए उत्साह

सुन्दरहरैँचा (मोरङ), ५ असोज । मोरङको सुन्दरहरैँचा–३, गछियास्थित माउन्ट मकालु माध्यमिक विद्यालयका विद्यार्थीले अन्तरिक्ष प्रविधिमा आधारित ‘क्युबस्‍याट’ परियोजना निर्माण गरेका छन्। विद्यालयका विद्यार्थीहरूको टोली ‘टिम

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं ,५ असोज। शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताउनु भएको छ