सांसद अवस्थीको व्यंग्य : ‘दिल्ली सस्तो, सुदूरपश्चिम महँगो’

काठमाडौं,५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आकृति अवस्थीले नेपालका आन्तरिक उडानको हवाई भाडा अत्यधिक महँगो भएको भन्दै सरकार र एयरलाइन्स कम्पनीको ध्यानाकर्षण गराउनु भएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अवस्थीले चाडपर्व तथा बाढीपहिरोजस्ता विपद्का समयमा आन्तरिक हवाई भाडा थप बढ्ने गरेको बताउनु भयो ।

उहाँले व्यंग्यात्मक शैलीमा नेपालको आन्तरिक उडानलाई यात्राका रूपमा प्रस्तुत गर्दै सुदूरपश्चिमको हवाई भाडा विमानभन्दा पनि तीव्र गतिमा बढिरहेको टिप्पणी गर्नुभयो ।

‘नेपालको आन्तरिक उडानमा यहाँहरूलाई हार्दिक स्वागत छ । कृपया सिटको पेटी कस्नुहोला, किनकि जहाजभन्दा छिटो हवाई भाडा माथि उठिरहेको छ,’ उहाँले भन्नु भयो ।

अवस्थीले चार जना परिवार घर फर्किनुपर्दा महँगो हवाई टिकट किन्न मोबाइलसमेत बेच्नुपर्ने अवस्था आउन सक्ने भन्दै भाडा वृद्धिप्रति व्यंग्य गर्नुभयो । महँगो भाडाबाट उम्किने कुनै आपत्कालीन द्वार नरहेको उहाँको भनाइ थियो ।

बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा तथा दशैंजस्ता चाडपर्वका समयमा हवाई भाडा बढ्ने गरेको उल्लेख गर्दै उहाँले एयरलाइन्स कम्पनीहरूले यसलाई ‘डिमान्ड एन्ड सप्लाई’ भने पनि नागरिकले त्यसलाई ‘बाध्यताको मूल्य’का रूपमा बुझ्ने बताउनु भयो ।

‘दिल्ली पुग्न सस्तो, आफ्नै सुदूरपश्चिम पुग्न महँगो अवस्था छ । दिल्लीभन्दा सुदूरपश्चिमलाई सस्तो बनाइयोस्,’ उहाँले भन्नु भयो ।

उहाँले एयरलाइन्स कम्पनीहरूलाई भाडा घटाएर नागरिकलाई सहज रूपमा घर फर्किन सक्ने वातावरण बनाउन आग्रह गर्नु भयो । भाडा होइन, नाफा कमाउनुस् नागरिकको बाध्यता होइन भन्दै उहाँले चाडपर्वका समयमा सर्वसाधारणलाई सहज हुने गरी हवाई भाडा निर्धारण गर्न आग्रह गर्नुभयो ।

सांसद अवस्थीले सुदूरपश्चिमलाई ‘दूर’ नभई सहज पहुँचको क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा समेत जोड दिनुभयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन

सांसद अवस्थीको व्यंग्य : ‘दिल्ली सस्तो, सुदूरपश्चिम महँगो’

काठमाडौं,५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आकृति अवस्थीले नेपालका आन्तरिक उडानको हवाई भाडा अत्यधिक महँगो भएको भन्दै सरकार र एयरलाइन्स कम्पनीको ध्यानाकर्षण गराउनु

वन फँडानी र अतिक्रमण रोक्न सकिएला?

वन संरक्षणलाई चुनौतीका रूपमा स्वीकार गर्नुभएका अध्यक्ष दंगालले समस्या समाधानका लागि आफू अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

गछियाका माउन्ट मकालुका विद्यार्थीले बनाए ‘क्युबस्‍याट’, अन्तरिक्ष प्रविधिप्रति देखाए उत्साह

सुन्दरहरैँचा (मोरङ), ५ असोज । मोरङको सुन्दरहरैँचा–३, गछियास्थित माउन्ट मकालु माध्यमिक विद्यालयका विद्यार्थीले अन्तरिक्ष प्रविधिमा आधारित ‘क्युबस्‍याट’ परियोजना निर्माण गरेका छन्। विद्यालयका विद्यार्थीहरूको टोली ‘टिम

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं ,५ असोज। शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताउनु भएको छ