विवाद नसुल्झिए हुलाक कार्यालयमा तालाबन्दी गर्ने नेपाल पत्रकार महासंघ झापाको चेतावनी

भद्रपुर , ५ असोज । सरकारले छापा सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापनको बजेटमा ५० प्रतिशत कटौती गरेको विरोधमा नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला हुलाक कार्यालय झापामार्फत सरकारको ध्यानाकर्षण गराएको छ। सोमबार महासंघका झापा अध्यक्ष एकराज गिरीको नेतृत्वमा गएको पत्रकारहरूको टोलीले जिल्ला हुलाक कार्यालय झापाका प्रमुख विक्रम लिम्बूलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्र बुझाउने क्रममा अध्यक्ष गिरी र पूर्वअध्यक्ष माधव विद्रोहीले हुलाक प्रमुख लिम्बूलाई छापा सञ्चारमाध्यमले भोग्नुपरेको समस्या र सरकारी नीतिको असरबारे जानकारी गराउनुभएको थियो। ज्ञापनपत्र ग्रहण गर्दै हुलाक प्रमुख लिम्बूले विज्ञापन बोर्डमा यहाँका सञ्चारमाध्यमका समस्याबारे जानकारी गराउने र आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। ज्ञापनपत्रमा सरकारले हालै कार्यान्वयनमा ल्याएको ‘छापा माध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ प्रति घोर भर्त्सना र कडा विरोध जनाइएको छ। आर्थिक वर्ष २०८३/०८४ को बजेट संसद्बाट पारित भई बजेटको आकार बढेको अवस्थामा सञ्चारमाध्यमलाई निरुत्साहित गर्ने नियतले ल्याइएको यो कार्यविधि खेदजनक, विभेदकारी र पूर्वाग्रहपूर्ण रहेको महासंघको ठहर छ।
ज्ञापनपत्रमा भनिएको छ, “कोभिड-१९ महामारी र चौतर्फी आर्थिक मन्दीका कारण संकट झेलिरहेका छापा माध्यमहरू कागज तथा मुद्रण सामग्रीको मूल्यवृद्धिका कारण अस्तित्वको लडाइँ लडिरहेका छन्। यस्तो बेला विशेष राहत दिनुको साटो उल्टै बजेट कटौती गरिनु प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारहरूमाथिको सिधा प्रहार हो।”
महासंघले विवाद समाधान नभएसम्म र कार्यविधि फिर्ता नभएसम्म जिल्ला हुलाक कार्यालय झापालाई कुनै पनि छापा माध्यमको लोककल्याणकारी विज्ञापनबापतको बिल नबुझ्न आग्रह गरेको छ। आग्रहलाई बेवास्ता गरी बिल बुझ्ने कार्य भएमा मंगलबार (असोज ६ गते) देखि जिल्ला हुलाक कार्यालय झापामा तालाबन्दीलगायतका कडा आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिइएको छ। कार्यक्रममा ज्ञापनपत्र वाचन उपाध्यक्ष सुब्रत न्यौपानेले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव प्रदीप परियारले गर्नुभएको थियो।
देशभर महासंघको आन्दोलन जारी
सञ्चारमाध्यमविरोधी कार्यविधि खारेजीको माग गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले देशभर आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। महासंघ केन्द्रीय समितिको सर्कुलरअनुसार देशभरका ७७ वटै जिल्ला शाखाहरूले सम्बन्धित जिल्ला हुलाक कार्यालयमार्फत विज्ञापन बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने तथा ध्यानाकर्षण गराउने कार्य भइरहेको छ। केन्द्रीय तहमा विज्ञापन बोर्डको कार्यालय घेराउ, सरोकारवाला निकायसँग संवाद र माग सम्बोधन नभए देशभरका सरकारी सूचना अधिकारीहरूलाई सूचना बहिष्कार गर्नेसम्मका विरोधका कार्यक्रमहरू तय गरिएका छन्। महासंघले अविलम्ब संशोधित कार्यविधि फिर्ता गरी लोककल्याणकारी विज्ञापनको भुक्तानी साविकबमोजिम नै कायम गर्न सरकारसँग जोडदार माग गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक