कम्युनिस्ट आन्दोलनमा वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्त अपरिहार्य: नेता पाण्डे

काठमाडौं , ५ असोज।  नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता दीर्घराज पाण्डेले देशमा विद्यमान व्यवस्था परिवर्तनका लागि पार्टीले सैद्धान्तिक रूपमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।आइतबार पार्टीको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पाण्डेले कम्युनिस्ट आन्दोलनमा वर्ग संघर्ष, द्वन्द्वात्मक भौतिकवाद र बल प्रयोगको सिद्धान्तलाई महत्व दिनुपर्ने धारणा राख्नुभयो ।उहाले सम्मेलनमा पार्टीका पूर्वमहासचिव धर्मेन्द्र बास्तोलाको राजनीतिक तथा सैद्धान्तिक भूमिकाबारे पनि चर्चा गर्नुभयो । बास्तोलाले कम्युनिस्ट आन्दोलनमा लामो समय योगदान गरेको भन्दै वर्तमान मतभेदका आधारमा विगतको योगदानलाई पूर्ण रूपमा अस्वीकार गर्न नहुने उहाले बताउनुभयो ।पाण्डेले बास्तोलाले पार्टीको सैद्धान्तिक आधार संरचना तथा वर्ग संघर्षको विषयमा फरक धारणा लिएको आरोप लगाउनुभयो । उहाले बास्तोलाको राजनीतिक लाइनले राष्ट्रपति निर्वाचन, संविधानसभा, जनमतसंग्रह र संयुक्त सरकारजस्ता विषयलाई प्राथमिकता दिएको भन्दै त्यसप्रति असहमति जनाउनुभयो ।

उहाले नेपालका अधिकांश कम्युनिस्ट पार्टी संसदीय व्यवस्थामा समाहित भएको दाबी गर्दै आफूहरूको पार्टीले त्यसबाट अलग रहेर कम्युनिस्ट आन्दोलनलाई निरन्तरता दिएको बताउनुभयो ।पाण्डेले सम्मेलनमा सहभागी प्रतिनिधिहरूको उपस्थितिलाई कम्युनिस्ट आन्दोलनप्रतिको उत्साहका रूपमा व्याख्या गर्दै आफूहरूले देशमा विद्यमान पुँजीवादी व्यवस्थाविरुद्ध संघर्ष गर्नुपर्ने बताउनुभयो । उहाले पार्टी निर्माणका लागि जनतासँग प्रत्यक्ष जोडिनुपर्नेमा जोड दिनुभयो। किसान, मजदुर, युवा तथा महिलाका वास्तविक समस्या बुझेर पार्टीको नीति निर्माण गर्नुपर्ने उहाको भनाइ थियो।उहाले पार्टीभित्र दुई लाइन संघर्ष र आत्मालोचनालाई निरन्तरता दिनुपर्ने बताउनुभयो । पार्टीको विकासका लागि आन्तरिक बहस र संघर्ष आवश्यक रहेको उहाको भनाइ थियो।

उहाले माओवादी आन्दोलनका क्रममा अपनाइएको सशस्त्र संघर्षको सन्दर्भसमेत उठाउँदै वर्तमान परिस्थितिअनुसार पार्टीले आफ्नो राजनीतिक कार्यदिशाबारे राष्ट्रिय सम्मेलनबाट गम्भीर छलफल गर्नुपर्ने बताउनुभयो ।पाण्डेले पार्टी प्रतिक्रियावादी शक्तिसँगको संघर्षमा जाने हो भने नेतृत्व र युवाहरूको भूमिकाबारे समेत स्पष्ट निर्णय गर्नुपर्ने बताउनुभयो । उहाले पार्टीले केवल गोष्ठी, अन्तरक्रिया र सार्वजनिक कार्यक्रममै सीमित हुने कि फरक राजनीतिक कार्यदिशा अपनाउने भन्ने विषयमा सम्मेलनले निर्णय गर्नुपर्ने धारणा राख्नुभयो ।पाण्डेले आफ्नो लामो राजनीतिक यात्राको स्मरण गर्दै आफू राष्ट्रिय सम्मेलनमा जाँदा सबैभन्दा कान्छो सदस्य रहेको र अहिले ज्येष्ठ सदस्यको अवस्थामा पुगेको बताउनुभयो । उहाले अब विगतकै शैलीमा पार्टी अघि बढाउन नहुने भन्दै नयाँ ढंगले संगठन निर्माण र राजनीतिक कार्यदिशा तय गर्नुपर्नेमा जोड दिनुभयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टेकुमा आगलागी: दुई दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य जारी

काठमाडौँ , ५ असोज। काठमाडौँको टेकुस्थित फोहोरमैला सङ्कलन केन्द्र नजिकै रहेको प्लास्टिक गोदाममा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका

कम्युनिस्ट आन्दोलनमा वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्त अपरिहार्य: नेता पाण्डे

काठमाडौं , ५ असोज।  नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता दीर्घराज पाण्डेले देशमा विद्यमान व्यवस्था परिवर्तनका लागि पार्टीले सैद्धान्तिक रूपमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको

त्रिपुरेश्वर बस आगलागी घटना: छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

५ असोज, काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको

विवाद नसुल्झिए हुलाक कार्यालयमा तालाबन्दी गर्ने नेपाल पत्रकार महासंघ झापाको चेतावनी

भद्रपुर , ५ असोज । सरकारले छापा सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापनको बजेटमा ५० प्रतिशत कटौती गरेको विरोधमा नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला हुलाक

बाढीको क्षति मूल्यांकन गर्न चार जिल्लामा २५० भन्दा बढी कर्मचारी परिचालन

 काठमाडौं ,  असोज ५। रसुवा भोटेकोशी बाढीको क्षति मूल्यांकन गर्न सरकारले कर्मचारीलाई प्रश्नावली सहित फिल्डमा खटाएको छ ।राष्ट्रिय योजना आयोगका सहसचिव तथा प्रवक्ता हरिशरण पुडासैनीका

सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन