जलवायु न्यायका लागि ‘ग्लोबल डे अफ एक्सन’

काठमाडौं,६ असोज । जलवायु न्याय, जलवायुजन्य हानि–नोक्सानीको क्षतिपूर्ति तथा जीवाश्म इन्धनमुक्त भविष्यको माग गर्दै गत शुक्रबार काठमाडौंको बसन्तपुरसहित नेपालका विभिन्न स्थानमा ‘ग्लोबल डे अफ एक्सन’ कार्यक्रम आयोजना गरिएको छ ।

विभिन्न नागरिक समाज संस्था, ट्रेड युनियन, वातावरण तथा जलवायु क्षेत्रमा कार्यरत संस्था र अभियन्ताहरूको सहभागितामा भएको कार्यक्रममा जलवायु संकटबाट प्रभावित समुदायलाई न्यायपूर्ण क्षतिपूर्ति, ऋण सिर्जना नगर्ने अनुदानमा आधारित जलवायु वित्त, जीवाश्म इन्धनको विस्तार तथा त्यसमा हुने सार्वजनिक लगानी अन्त्य र नवीकरणीय ऊर्जातर्फ न्यायपूर्ण रूपान्तरणको माग गरिएको थियो ।

कार्यक्रममा नेपालमा पछिल्लो समय देखिएका जलवायुजन्य विपत्तिले जनधन, कृषि, पूर्वाधार, जलविद्युत्, व्यवसाय तथा जीविकोपार्जनमा पारेको असरबारे पनि आवाज उठाइएको थियो । प्रभावित समुदायको पुनरुत्थानका लागि भौतिक पूर्वाधारको पुनर्निर्माणसँगै जीविकोपार्जन, सामाजिक सुरक्षा, श्रमिकको अधिकार तथा महिलामाथि पर्ने असमान प्रभावलाई सम्बोधन गर्नुपर्नेमा जोड दिइएको थियो ।

आयोजकहरूले जलवायु संकटको भार सबैभन्दा बढी प्रभावित समुदायमाथि मात्र पार्न नहुने भन्दै अर्थपूर्ण जलवायु वित्त, समुदायको सहभागिता र न्यायपूर्ण पुनर्निर्माण आवश्यक रहेको बताएका थिए । जलवायु संकटलाई विपत्तिपछिको राहत र पुनर्निर्माणमा मात्र सीमित नगरी यसको मूल कारण तथा प्रणालीगत परिवर्तनसँग जोडेर हेर्नुपर्नेमा समेत जोड दिइएको थियो ।

काठमाडौंको बसन्तपुरसँगै झापाको गौरादह, धनगढीको पार्क मोड र जनकपुरको जनक चोकमा पनि कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। नेपालमा आयोजित कार्यक्रम एसियाका विभिन्न देशमा सञ्चालन भइरहेको ‘न्यिदब िध्भभप या ब्अतष्यल ायच ब ँयककष्(िँचभभ ँगतगचभ’ अभियानको समेत हिस्सा रहेको आयोजकको भनाइ छ ।

अभियानअन्तर्गत बंगलादेश, भारत, पाकिस्तान, इन्डोनेसिया र फिलिपिन्सलगायत देशमा पनि जीवाश्म इन्धनमुक्त भविष्य, जलवायु न्याय र न्यायपूर्ण ऊर्जा रूपान्तरणको मागसहित विभिन्न कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक बनाउने: मन्त्री वाग्ले

काठमाडौं,७ असोज । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भुक्तानी तथा फछ्र्यौटसम्बन्धी कानुनलाई समयअनुकूल बनाउन विधेयक ल्याइएको बताउनु भयो । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा

दमक–६ बालमैत्री वडा घोषणा, यसरी बन्यो भव्य

दमक, ७ असोज । दमक नगरपालिका वडा नं. ६ बालमैत्री वडा घोषणा भएको छ।बुधबार पशुपति मन्दिरमा भव्य कार्यक्रमको आयोजना गरी वडालाई बालमैत्री वडा घोषणा गरिएको

स्वदेशमै रोजगारी सिर्जना गर्न १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्दैछौँ : मन्त्री यादव

काठमान्डौ ,७ असोाज । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले यसै वर्ष १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनु

ऋण तिर्नै सरकारलाई सास्ती:नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक

काठमान्डौ,७ असोज । नेपाल सरकारको सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नजिक पुगेको छ। चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो दुई महिनामै सार्वजनिक ऋण २९ खर्ब

बिहीबारदेखि लामो र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह

काठमाडौं,७ असोज । बिहीबारदेखि १२ असोजसम्म अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न यातायात व्यवसायीले सर्वसाधारणलाई आग्रह गरेका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले विज्ञप्ति जारी गर्दै

मधेशका किसानबाट १० हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल

काठमाडौं ,७ असोज। आरजु राइस मिल प्रालिले मधेश प्रदेशका किसानबाट करिब १० हजार मेट्रिक टन जिरा मसिनो वर्षे धान खरिद गर्ने योजना सार्वजनिक गरेको छ