युवामा बढ्दो निराशाको कारण खोज्न सरकार गम्भीर बन्नुपर्छ , सांसद राई

काठमाडौं,६ असोज । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले युवामा बढ्दै गएको निराशा र आत्मदाहका घटनाको कारण पहिचान गर्न सरकारले गम्भीर पहल गर्नुपर्ने बताउनु भएको छ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले त्रिपुरेश्वरमा बसमा आगो लगाएर आत्मदाह गरेका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पछिल्ला घटनाले सरकारलाई गम्भीर प्रश्न उठाएको बताउनु भयो।

‘सबैभन्दा पहिला हिजो त्रिपुरेश्वरमा बसमा आगो लगाएर आत्मदाह गर्ने युवाप्रति म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु,’ उहाँले भन्नु भयो।

राईले जेनजी आन्दोलनका क्रममा भएको ठूलो क्षतिपछि पनि क्षतिग्रस्त संरचनाको पुनर्निर्माण हुन नसकेको भन्दै प्रश्न उठाउजु भयो। नयाँ भविष्य निर्माणका लागि आन्दोलन गरेका युवामा अहिले पनि निराशा देखिनु गम्भीर विषय भएको उहाँको भनाइ थियो।

‘यस्तो परिस्थितिमा जसले युवाले नयाँ भविष्य कोर्नका निम्ति यत्रो आन्दोलन ग¥यो, तर हेर्नुस् त, हरेक मान्छेमा निराशा छ,’ उहाँले भन्नु भयो।

पछिल्लो समय आत्मदाहका घटना देखिन थालेको भन्दै उहाँले यस्ता घटना बाहिर देखिएका केही प्रतिनिधि घटना मात्र हुन सक्ने बताउनु भयो।

‘हिजोअस्ति एकजना मोटरसाइकल राइडर भाइले आत्मदाह गरे, हिजो एकजना बस चालकले आत्मदाह गरे, अनि यी त देखिएका पात्रहरू मात्रै हुन्, नदेखिएका कति होलान्रु’ उहाँले प्रश्न गर्नु भयो।

सांसद राईले युवा तथा आम नागरिकमा निराशा पैदा हुनुका कारणबारे सरकारले गम्भीर अध्ययन गर्नुपर्ने बताउनु भयो। उहाँले नीतिगत समस्या, ट्राफिक प्रहरीसँग सम्बन्धित समस्या, आत्मदाह तथा आत्महत्याका घटना र सडक तथा भौतिक पूर्वाधारको अवस्थालाई छुट्टाछुट्टै कोणबाट अध्ययन गर्नुपर्नेमा जोड दिनु भयो।

 

उहाँले भन्नु भयो, ‘कहाँ–कहाँ हामीले तपाईंको त्रुटि ग¥यौँ, कहाँ–कहाँ हाम्रा समस्याहरू छन्, नीतिगत समस्या हो कि? के–के समस्याहरू छन्र कम्तीमा यस सम्बन्धी सरकारले चाहिँ विशेष पहलकदमी गरोस् भनेर म भन्न चाहन्छु।’

हिजोको घटनाका सम्बन्धमा सरकारसँग चारवटा प्रश्न रहेको राईले बताए। उनका अनुसार पहिलो नीतिगत समस्या हो कि होइन भन्ने विषयमा अध्ययन गर्नुपर्ने, दोस्रो ट्राफिक प्रहरीसँग सम्बन्धित समस्या भए गहिरो अनुसन्धान गर्नुपर्ने, तेस्रो आत्मदाह तथा आत्महत्याका घटना किन भइरहेका छन् भन्ने विषयमा अध्ययन गर्नुपर्ने र चौथो सडक, सामाजिक संरचना तथा भौतिक विकासको अवस्थाबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यो मेरो न्याय खोज्ने यात्रा हो: सांसद खत्री

काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ । मंगलबार बसेको

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं,६ असोज। प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ । प्रधानमन्त्री शाह

आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्छ , सांसद शाक्य

काठमाडौं,६ असोज । नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गरेको घटनाबारे गृहमन्त्रीले तत्काल संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग

युवामा बढ्दो निराशाको कारण खोज्न सरकार गम्भीर बन्नुपर्छ , सांसद राई

काठमाडौं,६ असोज । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले युवामा बढ्दै गएको निराशा र आत्मदाहका घटनाको कारण पहिचान गर्न सरकारले गम्भीर पहल गर्नुपर्ने बताउनु भएको

बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त

काठमाडौं,६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बी।पी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्य पदमा ६ जना नियुक्त गरेको छ । बी।पी कोइराला

त्रिपुरेश्वर आगजनी , कीर्तिपुर अस्पतालमा मृत्युका आफन्त र प्रहरीको भीड

काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारका क्रममा आज कीर्तिपुर अस्पतालमा मृत्यु भएको छ। मृतकका आफन्तहरू अहिले कीर्तिपुर