आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्छ , सांसद शाक्य

काठमाडौं,६ असोज । नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गरेको घटनाबारे गृहमन्त्रीले तत्काल संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्नुभयो।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाक्यले सामान्य ट्राफिक विवाद वा जरिवानाको विषयका रूपमा मात्रै घटनालाई हेर्न नहुने बताउनु भयो।

उहाँले भन्नु भयो, ‘यो घटनालाई एउटा सामान्य जरिवाना, ट्राफिक विवाद वा चालकको आवेशका रूपमा मात्रै हेरियो भने हामी ठूलो भुल गर्नेछौँ।’

शाक्यले सडकमा कानुन र व्यवस्था कायम हुनुपर्ने भए पनि सामान्य नियम उल्लङ्घनको विषय कसरी यति उग्र अवस्थामा पुग्यो भन्ने प्रश्नको जवाफ राज्यले दिनुपर्ने बताउनु भयो।

‘एउटा सामान्य नियम उल्लङ्घनको विषय कसरी यतिसम्म उग्र बन्यो कि एक श्रमजीवी नागरिकले राज्यको संयन्त्रहरूकै अगाडि आफ्नो जीवन समाप्त पार्ने कठोर निर्णय लिनुप¥यो भन्ने प्रश्नको जवाफ राज्यले दिनुपर्छ,’ उहाँले भन्नु भयो।

उहाँले घटनाले प्रशासनिक संयन्त्रमा मानवीय संवेदनाको अभाव तथा श्रमजीवी नागरिकले भोगिरहेको मानसिक र आर्थिक दबाबको गम्भीरतालाई उजागर गरेको बताउनु भयो।

शाक्यले प्रहरी प्रशासनलाई सर्वसाधारणसँग मर्यादित, व्यावसायिक र विवाद न्यूनीकरण गर्ने व्यवहार अपनाउन आवश्यक तालिम तथा स्पष्ट निर्देशन दिन सरकारसँग माग गर्नु भयो।

‘नियम पालना गराउने क्रममा प्रहरीको व्यवहार डर र त्रास सिर्जना गर्ने होइन, उत्तरदायी र संवेदनशील हुनुपर्छ,’ उहाँले भन्नु भयो।

 

सांसद शाक्यले सडक नागरिकका लागि सुरक्षा र भरोसाको थलो हुनुपर्ने भन्दै निराशा र आत्मदाहको बिन्दु बन्न नहुने बताउनु भयो।

उहाँले घटनाको यथार्थ र कारणबारे स्पष्ट जानकारी दिन गगृहमन्त्री तत्काल प्रतिनिधिसभामा उपस्थित हुनुपर्ने मा गर्नु भयो।

‘यस घटनाको यथार्थ र यसका कारणहरूबारे स्पष्ट जानकारी दिन माननीय गृहमन्त्रीज्यू तत्काल यस सदनमा उपस्थित हुनुहुन म माग गर्दछु,’उहाँले भन्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मकै, जौ र गहुँ खोज्दै हिँड्नुपर्ने बाध्यता हटाउँदै दिब्यदृष्टिको जमरा प्याकेज

झापा , असोज ७।  झापाको कमल–६ मा रहेको दिब्यदृष्टि पूजा सामग्री उद्योगले यस वर्षको बडादशैँका लागि जमरा राख्न आवश्यक मकै, जौ र गहुँ मिश्रित बीउ

विपद्मा बालबालिकाको सुरक्षा र अधिकार संरक्षणलाई प्राथमिकता दिन विज्ञहरूको जोड

दमक, ७ असोज । विपद् तथा जोखिमको समयमा बालबालिकाको अधिकार र संरक्षण सुनिश्चित गर्न बालमैत्री स्थानीय शासनको आवश्यकता झनै बढ्ने सरोकारवालाहरूले बताउनुभएको छ । जागृति बाल तथा

भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक बनाउने: मन्त्री वाग्ले

काठमाडौं,७ असोज । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भुक्तानी तथा फछ्र्यौटसम्बन्धी कानुनलाई समयअनुकूल बनाउन विधेयक ल्याइएको बताउनु भयो । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा

दमक–६ बालमैत्री वडा घोषणा, यसरी बन्यो भव्य

दमक, ७ असोज । दमक नगरपालिका वडा नं. ६ बालमैत्री वडा घोषणा भएको छ।बुधबार पशुपति मन्दिरमा भव्य कार्यक्रमको आयोजना गरी वडालाई बालमैत्री वडा घोषणा गरिएको

स्वदेशमै रोजगारी सिर्जना गर्न १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्दैछौँ : मन्त्री यादव

काठमान्डौ ,७ असोाज । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले यसै वर्ष १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनु

ऋण तिर्नै सरकारलाई सास्ती:नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक

काठमान्डौ,७ असोज । नेपाल सरकारको सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नजिक पुगेको छ। चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो दुई महिनामै सार्वजनिक ऋण २९ खर्ब