दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव
धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान, बोल्न तथा दैनिक काम गर्नसमेत असहज भएपछि उपचारका लागि डेन्टल पुग्ने गरिन्छ। तर दाँतमा समस्या आउनुअघि नै समयमै उपचार गराउनु अझ महत्वपूर्ण हुने चिकित्सकहरू बताउँछन्।
सबैको चाहना हुन्छ—नजिकै डेन्टल होस्, एउटै ठाउँबाट सबै प्रकारका सेवा पाइयोस् र उपचारका लागि धेरै समय खर्च गर्न नपरोस्। यही आवश्यकतालाई मध्यनजर गर्दै पूर्वी नेपालमा गौरदह डेन्टलले इम्प्लान्ट, आरसीटी लगायतका दन्त उपचार सेवा उपलब्ध गराउँदै आएको छ।
दाँतको उपचार मात्र नभई मुखमा देखिने अल्सरजस्ता समस्याको समेत उपचार तथा परामर्श दिँदै आएको डेन्टलले बिरामीको समयलाई समेत प्राथमिकतामा राखेको जनाएको छ।
डेन्टलका डा. रवि आचार्यका अनुसार दुखेको दाँतलाई निको पार्नु मात्र नभई छिटोछरितो, सहज र समयको महत्व बुझेर उपचार सेवा प्रदान गर्ने उद्देश्य रहेको छ।
डा. रवि आचार्य भन्नुहुन्छ :“तपाईको दातँ किराले खायो र दुख्न थाल्यो र आरसीटि गर्नु पर्याे भने तपाईहरुले हामीलाई भेट्न सक्नुहुन्छ आरसिटी सजिलो, ,सिङगल सिटी, नदुखाई आजको आजै गरेर सकिदिन्छौ त्यसो भयो भने हजुरहरुको समय पनी बच्यो ,दुखपनी पाउनु भएन र हामी नदुखाइकन उपचार सकाइदिन्छौ ।
एकै ठाउँ र सम्भव भएसम्म एकैदिनमा आवश्यक दन्त उपचार सेवा उपलब्ध गराउनु गौरदह डेन्टलको आकर्षक पक्षका रूपमा प्रस्तुत गरिएको छ।
गौरदह क्षेत्रमा नै विशेषज्ञ सेवासहितको उपचार उपलब्ध हुँदा स्थानीय बासिन्दालाई दाँतको उपचारका लागि टाढा जानुपर्ने बाध्यता समेत कम भएको छ।
दाँत दुखेपछि मात्रै उपचार खोज्नेभन्दा पनि समस्या देखिनासाथ समयमै चिकित्सकको परामर्श लिन सके दाँतलाई जोगाउन र उपचारलाई सहज बनाउन सकिने चिकित्सकहरूको सुझाव छ









