सुर्खेतमा श्रीमतीको हत्या घटनाप्रति सांसद विकको ध्यानाकर्षण

काठमाडौं,७ असोज । नेपाल कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले सुर्खेतमा श्रीमान श्रीमतीको हत्या गरेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विकले सुर्खेतको चौकुने गाउँपालिका–६ का गोपीराम जैसीले आफ्नी श्रीमती चन्द्रकला देवकोटा जैसीलाई भरुवाले हानेर हत्या गरेको घटना मर्माहत बनाएको बताउनु भयो।

उहाँले घटनामा मृतककी दुई छोरीसमेत गम्भीर घाइते भएको र छोरा भागेर बाँच्न सफल भएको जानकारी दिनुभयो। नजिकै रहेको प्रहरीले केही समयपछि मात्रै घाइते बालबालिकाको उद्धार गरेको उहाँले बताउनु भयो।

सांसद विकले श्रीमतीले पैसा नदिएर रक्सी खान नपाएको झोकमा श्रीमान्ले आक्रमण गरेको बताउँदै महिलामाथि हुने हिंसा रोक्न सरकार गम्भीर हुनुपर्ने बताउनु भयो।

उहाँले भन्नुभयो, ‘कहिलेसम्म महिलाहरूले यस्तो यातना भोग्नुपर्छरु त्यसैले छोरीचेलीहरूको सुरक्षा यो सरकारले गर्नुपर्छ।’

सांसद विकले मदिरा तथा लागुऔषध नियन्त्रणका लागि ठूला ब्रान्डका मदिरामा मात्रै नभई गाउँघरमा प्रयोग हुने स्थानीय मदिराको समेत नियन्त्रण गर्नुपर्ने बताउनु भयो। मदिरा सेवन गरेर सार्वजनिक स्थानमा असुरक्षित रूपमा हिँड्नेहरूलाई समेत कारबाहीको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो।

उहाँले घटनामा गम्भीर घाइते भएका दुई छोरीको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। परिवार गम्भीर अवस्थामा रहेको भन्दै उहाँले पीडित परिवारलाई आवश्यक सहयोग गर्नसमेत सरकारको ध्यानाकर्षण गराउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बालमैत्री नगर घोषणाको पूर्वसन्ध्यामा खुल्यो बाल उद्यान, बालबालिकाका लागि के–के छन्

दमक, ७ असोज । दमक नगरपालिका वडा नम्बर २ स्थित पाथीभरा कोलोनीमा बाल उद्यान सञ्चालनमा ल्याइएको छ। बालमैत्री नगर घोषणा गर्ने तयारी भइरहेका बेला बालबालिकाका

जलविद्युत आयोजनामा कार्यरत ८ सयभन्दा बढी कामदार अझैं सम्पर्कविहीन, उर्जामन्त्री श्रेष्ठ

काठमाडौं,७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा विभिन्न जलविद्युत आयोजना तथा संरचनामा कार्यरत ८

दमकमा विद्यालयको गेटअगाडि नै मदिरा पसल, अनुगमनमा ७० प्रतिशतभन्दा बढीले कानुन मिचेको भेटियो

दमक, ७ असोज । विद्यालयको गेटअगाडि नै मदिरा पसल सञ्चालन भएको सुन्दा तपाईंलाई कस्तो लाग्छ? विद्यालय आसपासमा बसोबास गर्ने वा नियमित आवतजावत गर्नेहरूका लागि यो

बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने घोषणा

काठमाडौं ,७ असोज। अमेरिकाले नेपालमा गत भदौ १० मा आएको विनाशकारी बाढीपछिको पुनर्निर्माणका लागि थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको

बाढीका बेपत्तालाई मृतकसरह कानुनी हैसियत दिन दुलालको माग

काठमाडौं ,७ असोज। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले रसुवा भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता नागरिकलाई मृतकसरह कानुनी हैसियत दिन सरकारसँग माग गर्नुभयो। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा

नवनियुक्त कार्यकारी निर्देशकको सपथ,निष्ठापूर्वक काम गर्न निर्देशन

काठमाडौं,७ असोज । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ लिनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त