मधेशका किसानबाट १० हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल

काठमाडौं ,७ असोज। आरजु राइस मिल प्रालिले मधेश प्रदेशका किसानबाट करिब १० हजार मेट्रिक टन जिरा मसिनो वर्षे धान खरिद गर्ने योजना सार्वजनिक गरेको छ । प्रस्तावित खरिदको मूल्य ३९ करोड रुपैयाँभन्दा बढी हुने कम्पनीले जनाएको छ ।

कम्पनीका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले मधेश प्रदेशका मुख्यमन्त्रीलाई पत्र लेख्दै सर्लाही र रौतहटका किसानबाट सरकारले तोकेको न्यूनतम समर्थन मूल्यका आधारमा धान खरिद गर्ने प्रस्ताव अघि सारेका हुन् ।

कम्पनीका अनुसार किसानलाई बजारसँग प्रत्यक्ष जोड्ने उद्देश्यले धान संकलन, ढुवानी, गुणस्तर परीक्षण र खरिद प्रक्रियालाई एकीकृत रूपमा सञ्चालन गर्ने योजना बनाइएको छ । आरजु राइस मिलले किसानले न्यूनतम समर्थन मूल्यको वास्तविक लाभ लिन धान खरिद केन्द्र वा मिलसम्म पु¥याउँदा लाग्ने ढुवानी खर्चमा प्रदेश सरकारबाट सहजीकरण आवश्यक रहेको जनाएको छ ।

प्रदेश सरकार, स्थानीय तह, कृषि कार्यालय, किसान समूह र सहकारीसँग समन्वय गरेर संकलन र ढुवानी व्यवस्थापन गर्न सके किसानको लागत घट्ने कम्पनीको भनाइ छ । कम्पनीले २० प्रतिशत चिस्यान र पाँच प्रतिशतसम्म भुस भएको मसिनो धानका लागि प्रति क्विन्टल ३ हजार ५ सय रुपैयाँ मूल्य प्रस्ताव गरेको छ ।

चिस्यान २० प्रतिशतभन्दा कम भए प्रत्येक एक प्रतिशत कमीमा १।२ किलोग्राम बराबरको मूल्य थपिने र भुस कम भए पनि अतिरिक्त मूल्य समायोजन हुने व्यवस्था प्रस्ताव गरिएको छ । कम्पनीका अनुसार १४ प्रतिशत चिस्यान र भुसरहित धानको मूल्य प्रति क्विन्टल ३ हजार ९ सय ६२ रुपैयाँ पुग्न सक्छ । कम्पनीले न्यूनतम समर्थन मूल्यमा धान खरिद कार्यान्वयन भए स्थानीय व्यापारीले अत्यन्त कम मूल्यमा धान खरिद गर्ने प्रवृत्तिमा कमी आउन सक्ने जनाएको छ ।

किसानलाई निश्चित बजार, उचित मूल्य, बिचौलियामाथिको कम निर्भरता तथा कटानीपछिको नोक्सानी घटाउने उद्देश्यले यो पहल अघि बढाइएको कम्पनीको दाबी छ । साथै, किसानलाई दीर्घकालीन रूपमा चामल उद्योगसँग साझेदार बनाउने लक्ष्यसमेत रहेको कम्पनीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक बनाउने: मन्त्री वाग्ले

काठमाडौं,७ असोज । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भुक्तानी तथा फछ्र्यौटसम्बन्धी कानुनलाई समयअनुकूल बनाउन विधेयक ल्याइएको बताउनु भयो । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा

दमक–६ बालमैत्री वडा घोषणा, यसरी बन्यो भव्य

दमक, ७ असोज । दमक नगरपालिका वडा नं. ६ बालमैत्री वडा घोषणा भएको छ।बुधबार पशुपति मन्दिरमा भव्य कार्यक्रमको आयोजना गरी वडालाई बालमैत्री वडा घोषणा गरिएको

स्वदेशमै रोजगारी सिर्जना गर्न १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्दैछौँ : मन्त्री यादव

काठमान्डौ ,७ असोाज । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले यसै वर्ष १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनु

ऋण तिर्नै सरकारलाई सास्ती:नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक

काठमान्डौ,७ असोज । नेपाल सरकारको सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नजिक पुगेको छ। चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो दुई महिनामै सार्वजनिक ऋण २९ खर्ब

बिहीबारदेखि लामो र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह

काठमाडौं,७ असोज । बिहीबारदेखि १२ असोजसम्म अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न यातायात व्यवसायीले सर्वसाधारणलाई आग्रह गरेका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले विज्ञप्ति जारी गर्दै

मधेशका किसानबाट १० हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल

काठमाडौं ,७ असोज। आरजु राइस मिल प्रालिले मधेश प्रदेशका किसानबाट करिब १० हजार मेट्रिक टन जिरा मसिनो वर्षे धान खरिद गर्ने योजना सार्वजनिक गरेको छ