शिक्षिकाको निधनमा विद्यालयबाट ६५ हजार सहयोग

पथरी, ९ असोज / मोरङको पथरी शनिश्चरे १ स्थित पञ्चायत माविकी शिक्षिका शान्तिदेवी गौतम न्यौपानेको निधनमा विद्यालयले उहाँका परिवारलाई ६५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

 

उच्च रक्तचापको समस्याका कारण असोज २ गते ५५ वर्षको उमेरमा निधन हुनु भएकी न्यौपानेको स्मृतिमा आज विद्यालय आधा दिनमात्र सञ्चालन गरेर विद्यार्थीहरुको समेत सहभागितामा श्रद्धाञ्जलीसभा गरिएको थियो । त्यसपछि लगत्तै उहाँको घरमा पुगेर नगदसहित समवेदनापत्र हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष डम्बरबहादुर राई, शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णप्रसाद तिम्सिना र विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीकासाथै समितिका पदाधिकारी, शिक्षक, कर्मचारीसहितको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

 


बाल शिक्षकका रुपमा रहनु भएकी न्यौपानेको निधनमा दुःख व्यक्त गर्दै बाल विकास शिक्षक संघर्ष समितिले ८ हजार रकम सहयोग प्रदान गरेको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन नगर कमिटीले पनि एकसाथ समवेदनापत्र प्रदान गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस महाधिवेशनमा सत्तापक्ष र प्रतिपक्षी दलका शीर्ष नेतृत्वलाई आमन्त्रण

काठमाडौं , असोज १०। नेपाली कांग्रेसले सत्तापक्ष र प्रतिपक्षी दलका नेतृत्वहरूलाई १५औं महाधिवेशनको उद्घाटन समारोहमा आमन्त्रण गरेको छ ।कांग्रेसले १६ असोजमा उद्घाटन हुने केन्द्रीय महाधिवेशनका

सप्तरीको तिलाठी कोइलाडीमा कोशी पस्यो : १७ घर डुबानमा, सशस्त्रको क्याम्प पनि प्रभावित

सप्तरी , १० असोज। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ मा कोशी नदीको पानी बस्तीमा पस्दा १७ घरपरिवार प्रभावित भएका छन् । प्रभावितमध्ये चार जना

पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभिर खण्ड एकतर्फी खुल्यो

काठमाडौं , १० असोज। धादिङको कृष्णभिरमा पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । बेनिघाट रोराङ गाउँपालिकाका – ७ वडाध्यक्ष कुमार बस्नेतले दिउँसो

कांग्रेसका ६ वटै तहमा ‘जेनजी’ पुग्ने, इतर समूहद्वारा निर्देशिका तयार

१० असोज, काठमाडौं । समानान्तर महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीका ६ वटै तहमा नवयुवा (जेनजी)को प्रतिनिधित्व गराउने भएको छ ।१५ औं

भित्ताका तस्वीर धमिलिँदै गए, तर बाढीमा बेपत्ता आफन्त खोज्नेको पर्खाइ मेटिएन

काठमाडौं , असोज १०। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरको एउटा भित्तामा टाँसिएका फोटाहरू अहिले धमिलिँदै गएका छन् । तर ती तस्वीरमा देखिने मानिसका परिवारको पर्खाइ

विवादमा मुछिएका गड्डाचौकीका भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन निर्देशन

काठमाडौं , असोज १०। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसीबीच