ह्वाइट हाउसमा चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : ट्रम्पद्वारा रात्रिभोज आयोजना

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा ह्वाइट हाउसमा स्वागत भोजको आयोजना गर्नुभएको छ । उहाले अमेरिका–चीनबीचको लामो सम्बन्धप्रति शुभकामना व्यक्त गर्दै दुवै देशका जनताका लागि सद्भाव, शान्ति र समृद्धिको भविष्यको कामना गर्दै जाम उठाउनुभयो । ट्रम्पको निमन्त्रणामा राष्ट्रपति सी बुधबारदेखि शुक्रबारसम्म अमेरिकाको राजकीय भ्रमणमा छन्।यो भ्रमण ट्रम्पले केही महिनाअघि मे महिनामा चीनको राजकीय भ्रमण गरेको केही समयपछि भएको हो।आफ्नो सम्बोधनमा ट्रम्पले भन्नुभयो , ‘राष्ट्रपति सी, म्याडम पेङ तथा चिनियाँ प्रतिनिधिमण्डलका सदस्यहरू, मेलानिया र म ह्वाइट हाउसमा तपाईंहरूलाई फेरि स्वागत गर्न पाउँदा अत्यन्त खुसी छौँ। तपाईंहरू साँच्चिकै उत्कृष्ट र अद्भुत व्यक्तिहरू हुनुहुन्छ। यस वर्षको सुरुवातमा मैले बेइजिङ भ्रमण गर्दा चिनियाँ जनताको आतिथ्यता पूर्ण रूपमा देख्न पाएँ, र आज राति तपाईंहरू एक दशकभन्दा बढी समयपछि पहिलोपटक वासिङ्टन फर्किनुभएको अवसरमा हामी पनि त्यस्तै सम्मान देखाउने प्रयास गर्नेछौं ।’भोजका लागि ह्वाइट हाउस पुगेपछि सी र उनकी पत्नीलाई ट्रम्प र मेलानियाले स्वागत गर्नुभएको छ ।

दुवै देशका राष्ट्राध्यक्ष र उनीहरूका जीवनसाथीले तस्बिर खिचाए र स्वागत भोजमा सहभागी अतिथिहरूसँग अभिवादन गर्नुभयो ।स्वागत भोजमा दुवै राष्ट्राध्यक्षले सम्बोधन गरेका हुन् । सीले चीन–अमेरिका सम्बन्धको विकासमा चासो राख्ने तथा समर्थन गर्ने अमेरिकी समाजका विभिन्न क्षेत्रका मानिसहरूलाई हार्दिक अभिवादन व्यक्त गर्दै चिनियाँ परम्परामा परिवारको पुनर्मिलनको विशेष अवसरका रूपमा मनाइने मिड–अटम फेस्टिभलको अवसरमा सबैलाई शुभकामना दिनुभयो।सीले यस वर्ष मे महिनामा राष्ट्रपति ट्रम्पले चीनको सफल भ्रमण गरेको स्मरण गर्नुभयो। आधा वर्ष पनि नपुग्दै चीन र अमेरिकाका राष्ट्रपतिहरूले एकअर्काको देशमा राजकीय भ्रमण गरेको उल्लेख गर्दै उनले यो दुई देशबीचको सम्बन्धको इतिहासमा एउटा महत्वपूर्ण घटना भएको बताउनुभयो।सीका अनुसार, यस भ्रमणका क्रममा धेरै नयाँ सहमतिहरू हासिल भएका छन्। यसले रणनीतिक स्थिरतामा आधारित रचनात्मक चीन–अमेरिका सम्बन्धको अर्थ र दायरालाई थप समृद्ध बनाएको तथा चीन–अमेरिका सम्बन्धको विकासका लागि नयाँ रणनीतिक मार्गदर्शन प्रदान गरेको छ।सीले भने कि २०० वर्षभन्दा अघि, स्वतन्त्रता प्राप्त गरेको केही समयपछि नै अमेरिकाले चीनतर्फ आफ्नो ध्यान केन्द्रित गरेको थियो।कार्यक्रममा टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्क, अमेजनका संस्थापक जेफ बेजोस र एनभिडियाका जेन्सेन हुआङलगायत धेरै चर्चित व्यक्तिहरू पनि उपस्थित हुनुन्थ्यो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक