कर्णाली प्रदेशभर बाढी – पहिरोको वितण्डा, यातायात सेवा प्रभावित हुँदा यात्रु अलपत्र

सुर्खेत , असोज १०। लगातारको वर्षासँगै पहिरो खस्दा कर्णाली प्रदेशका विभिन्न जिल्लाका सडक अवरुद्ध भएका छन् । मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, कर्णाली करिडोर, राप्ती राजमार्गसहित विभिन्न सडकखण्डमा पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको हो ।रुकुमपश्चिमको सानीभेरी गाउँपालिकास्थित मध्यपहाडी राजमार्गको चाइना बगरदेखि सिस्नेखोलातर्फको भिरमा पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । सडक खुलाउन डिभिजन सडक कार्यालय चौरजहारीअन्तर्गतको मेसिन परिचालन गरिएको कार्यालय प्रमुख खुमबहादुर भण्डारीले बताए । उनका अनुसार करिब दुई घण्टामा सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

यसैगरी, कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगाड–खच्चा क्षेत्रमा पहिरो गएपछि सडक बन्द भएको छ । मुगुको नाग्मा–गमगढी सडकखण्डअन्तर्गत रारा जाने मार्गको झारीखोलामा पहिरो खसेपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । जुम्लादेखि मुगुसम्मको सडकखण्डमा समेत पहिरोका कारण आवागमन प्रभावित भएको छ ।जाजरकोटको छेडागाड नगरपालिका–४ लेवाभीरस्थित छेडाथलह भित्री सडकखण्डमा माथिबाट ढुङ्गा र लेदोसहितको पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–५ सारखोलामा समेत पहिरो खसेर सडक अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो खस्ने क्रम बढेकाले यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले प्रयास गरिरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सन्तोस सिंह राठोरले बताउनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक