हेटौँडामा बिजुलीका पोल ढलेर धरान–चतरा सडक प्रभावित, बुद्ध पार्कमा पहिरो

हेटौँडा , असोज ११। मकवानपुरमा अविरल वर्षासँगै बाढी, पहिरो तथा सडक अवरोधका घटना बढ्न थालेपछि प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरू स्थलगत अनुगमनमा खटिएका छन्। प्रमुख जिल्ला अधिकारी अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्री, सशस्त्र प्रहरी बलका एसपी निमन खड्कासहित राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाको टोली विभिन्न जोखिमयुक्त क्षेत्रमा पुगेर अवस्थाको अनुगमन तथा आवश्यक व्यवस्थापनमा जुटेको हो।हेटौँडा उपमहानगरपालिका–१६ स्थित सिर्पाली चोक नजिकै धरान–चतरा सडकखण्डमा विद्युतका पोल ढलेर सडक अवरुद्ध भएपछि प्रमुख जिल्ला अधिकारी अधिकारी स्थलगत निरीक्षणमा पुग्नुभएको छ । उहाले विद्युतका पोल तत्काल हटाउने तथा प्रभावित क्षेत्रमा विद्युत सेवा पुनः सञ्चालनका लागि आवश्यक काम आजैबाट सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

स्थानीयका अनुसार उक्त घटनास्थलमा विद्युतका पोल ढलेर सडक अवरुद्ध भए पनि हेटौँडा उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख भने अहिलेसम्म स्थलगत निरीक्षणका लागि नपुगेको गुनासो गर्नुभएको छ ।यसैबीच, निरन्तरको वर्षाका कारण हेटौँडा–१६, सिर्पाली चोकबाट करिब ५०० मिटर दूरीमा धरान–चतरा सडकको छेउमा रहेका १० वटा सिमेन्ट, बालुवा र रडबाट निर्मित विद्युतका पोल जमिनबाटै उखेलिएर ढलेका थिए। विद्युतका पोल ढलेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी हटियाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।प्रहरीले नेपाल विद्युत् प्राधिकरण हेटौँडासँग समन्वय गरी विद्युत् प्राधिकरणको टोलीको सहयोगमा सडकमा खसेका तार काटेर बिहान ७ः२० बजेदेखि सडकलाई एकतर्फी रूपमा सञ्चालनमा ल्याएको जनाएको छ। लगातारको वर्षाका कारण जमिन कमजोर हुँदा विद्युतका पोलहरू ढलेको प्रारम्भिक विवरण छ।

त्यस्तै, हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङस्थित राप्ती नदी किनारमा रहेको बुद्ध पार्कमा समेत पहिरो खसेर क्षति पुगेको छ। बिहान करिब ८ः५० बजे पहिरो खसेको सूचना प्राप्त भएपछि प्रहरी चौकी थानाभ¥याङबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।पहिरोका कारण बुद्ध पार्कमा क्षति पुगेको छ भने थानाभ¥याङस्थित राप्ती नदी किनारबाट पाथिभरा मन्दिरतर्फ जाने भित्री सडकसमेत जोखिममा परेको प्रहरीले जनाएको छ। हालसम्म उक्त घटनामा मानवीय तथा चौपायाको क्षति भएको विवरण प्राप्त भएको छैन।अविरल वर्षा जारी रहेकाले जिल्लाका अन्य जोखिमयुक्त क्षेत्रको समेत निगरानी बढाइएको सुरक्षा निकायले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।