दमक, ११ भदौ| झापाको गौरीगञ्ज गाउँपालिकाको तल्लो भेगमा वर्षौंदेखि रहँदै आएको टेलिफोन तथा मोबाइल नेटवर्कको समस्या समाधान हुने भएको छ।
आवश्यक पूर्वाधारका रूपमा टावरको अभाव हुँदा डिजिटल युगमा समेत स्थानीयवासी लामो समयदेखि कमजोर मोबाइल नेटवर्क र सञ्चार सेवाको समस्यामा पर्दै आएका थिए।
प्रधानमन्त्री बालेन्द्र शाहको निर्वाचन क्षेत्रका सचिवालय संयोजक राज गौतमका अनुसार अब भने उक्त समस्या समाधानका लागि नेपाल टेलिकमको टावर निर्माण कार्य अघि बढिरहेको छ।
बालेन्द्र शाहले जनतासँग गरेको ‘वाचापत्र’मा उल्लेख भएअनुसार, झापा–५ स्थित सचिवालयको पहलमा गौरीगञ्जको तल्लो भेगमा टेलिकमको टावर निर्माण प्रक्रिया अघि बढाइएको उहाले बताउनु भयो ।
टावर निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि गौरीगञ्जको तल्लो भेगका नागरिकले भरपर्दो मोबाइल तथा टेलिफोन सेवा पाउने अपेक्षा गरिएको छ।










