जबराको पक्राउप्रति सांसद महरको आपत्ति

काठमाडौं,१२ असोज । नेकपा एमालेका सांसद ऐन महरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले असोज १० गते राति निवासबाट पक्राउ गरेको भन्दै आपत्ति जनाउनु भएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महरले जबरालाई पक्राउ गर्ने क्रममा सरकारले ‘गुण्डागर्दी’ र ‘अपहरण शैली’ अपनाएको आरोप लगाउनु भयो । उहाँले सरकारको उक्त कदम कानुनी राज्य र विधिको शासनविपरीत भएको दाबी गर्नु भयो ।

महरले लोकतन्त्रमा कोही पनि कानुनभन्दा माथि हुन नसक्ने भन्दै कसैले कानुन उल्लङ्घन गरेको भए तथ्य र प्रमाणका आधारमा अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्ने बताउनु भयो ।

‘कानुनभन्दा माथि लोकतन्त्रमा कोही पनि हुँदैन। यदि कसैले कानुन हातमा लिने काम गरेको छ भने जोसुकैलाई पनि अभियोग लगाएर तथ्य र प्रमाणका आधारमा कानुनी दायरामा ल्याउनुपर्छ,’ उहाँले भन्नुभयो ।

सरकारले पूर्वाग्रह र प्रतिशोधका आधारमा आफूहरूको विरोध गर्ने व्यक्तिलाई तर्साउने, धम्काउने र पक्राउ गर्ने गरेको आरोप पनि महरले लगाउनु भयो । उहाँले सरकार गठन भएदेखि नै यस्ता घटना दोहोरिँदै आएको दाबी गर्नुभयो ।

महरले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग जोडिएका घटनाको समेत उदाहरण दिँदै सरकारको कार्यशैलीप्रति आलोचना गर्नुभयो । नागरिकको मान–प्रतिष्ठा, व्यक्तिगत अधिकार र मानवअधिकारको सम्मान गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।

जबरालाई ‘जेनजी’बाट सुरक्षा खतरा रहेको भनिएको विषयप्रति पनि महरले प्रश्न उठाउनु भयो । सुरक्षा खतरा दिने भनिएका व्यक्तिमाथि कारबाही गर्नुको सट्टा खतरा रहेको भनिएका व्यक्तिलाई नै पक्राउ गरिएको भन्दै उहाँले आपत्ति जनाउनु भयो ।

‘जो थ्रेट दिने मान्छे हुन्, तिनलाई सुरक्षा दिने र जसलाई थ्रेट दिइएको छ, उसलाई ल्याएर पक्राउ गर्ने?’ उहाँले प्रश्न गर्नुभयो ।

पूर्वप्रधानन्यायाधीशजस्तो प्रतिष्ठित व्यक्तित्वलाई पक्राउ गर्ने क्रममा सरकारले उनको मान–प्रतिष्ठा र मानवअधिकारको समेत ख्याल नगरेको महरको आरोप थियो ।

जेनजी आन्दोलनको नाममा युवाहरूलाई बदनाम गर्ने काम नगर्न सरकारलाई आग्रह गर्दै महरले सुरक्षा खतरा दिने व्यक्तिको पहिचान गरी आवश्यक कारबाही गर्नसमेत माग गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक