बाढीपहिरोको विपत्तिमा सरकारको ध्यान राहतभन्दा अन्तै मोडिएको छ : सांसद युवराज दुलाल

काठमाडौं १२ असोज । नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला सरकारको ध्यान विपद् व्यवस्थापनभन्दा अन्यत्र मोडिएको आरोप लगाउनु भयो।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै दुलालले पछिल्लो चार दिनको अविरल वर्षाबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभयो। उहाँले प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र अस्थायी व्यवस्थापनका काम थाल्न सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गएको चार दिनको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा फेरि धेरै नै जनधनको क्षति भएको छ, यस घटनाप्रति म दुःख व्यक्त गर्न चाहन्छु । जीवन गुमाउने सबै नागरिकप्रति दलको तर्फबाट हार्दिक श्रद्धासुमन व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्न चाहन्छु । तत्काल राहत, उद्धार र अस्थायी व्यवस्थापनका काम अविलम्ब थाल्न सरकारसँग जोडदार माग गर्दछु ।’

दुलालले विपत्तिको समयमा सरकारले नागरिकलाई राहत र उद्धार दिनुपर्ने भए पनि सरकारको ध्यान अन्य विषयतर्फ केन्द्रित भएको भन्दै गम्भीर ध्यानाकर्षण गराउनु भयो ।

उहाँले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई असोज १० गते मध्यरातमा पक्राउ गरिएको विषयमा पनि सरकारसँग प्रश्न गर्नुभयो । उहाँले सरकार कानुनी राज्यको बाटोमा अघि बढिरहेको छ कि अराजकताको बाटोमा भन्ने प्रश्न समेत उठाउनु भयो ।

पूर्वप्रधानन्यायाधीशलाई ‘सुरक्षा थ्रेट’ का कारण पक्राउ गरिएको भनिएको प्रसंग उल्लेख गर्दै दुलालले सुरक्षा थ्रेट दिने व्यक्तिलाई पक्राउ गरिएको हो वा सुरक्षा थ्रेटमा रहेका व्यक्तिलाई, त्यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक