चार महिनापछि सुकेटारमा हवाई उडान सुरु, चाडपर्वको मुखमा यात्रुलाई राहत

ताप्लेजुङ , असोज १२। प्रतिकुल मौसमका कारणले करिब चार महिना पछि ताप्लेजुङको सुकेटारमा सोमबारदेखि हवाई उडान सुरु भएको छ । फुङलिङमा रहेको सुकेटार विमानस्थलमा करिब चार महिनापछि सोमबारदेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान सुरु भएको हो । वर्षायाम सुरु भएसँगै भिजिबिलिटी कम भएपछि गत जेठ २२ गतेदेखि उडान हुन सकेको थिएन । सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीका अनुसार बारम्बार लागिरहने हुस्सु तथा कुहिरोले भिजिबिलिटी कम हुँदा ताप्लेजुङमा ४ महिनासम्म उडान अवरुद्ध भएको थियो । ताप्लेजुङबाट काठमाडौँ प्रस्थान गर्ने ६ जना र काठमाडौँबाट ताप्लेजुङ आउने १२ जना यात्रु प्रभावित भएका थिए । अहिले मौसममा क्रमशः सुधार आएकाले उडान सुरु भएको नेपाल वायु सेवा निगम ताप्लेजुङ स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले जानकारी दिनुभयो ।

दशैँतिहार नजिकिएसँगै परिवारसँग पर्व मनाउन साथै आफन्त भेटघाटका लागि जिल्ला भित्रिने तयारीमा रहेका तथा अति आवश्यक कार्यका लागि जिल्ला बाहिरिने नागरिक हर्षित भएका छन् । त्यस्तै ताप्लेजुङ घुम्न आउने सिजन समेत सुरु भएकै समयमा हवाई उडान सञ्चालन हुँदा यातायात व्यवसायी तथा होटल व्यवसायी समेत हर्षित देखिएका छन् ।सोमबार ताप्लेजुङबाट काठमाडौँ पाँच जना प्रस्थान गरेका छन् भने काठमाडौँबाट १३ जना यात्रु ताप्लेजुङ आएको स्टेसन इन्चार्ज कार्कीले जानकारी दिनुभयो । यसअघि साताको सोमबार, बुधबार र शुक्रबार हुँदै आएको उडान अबदेखि सोमबार, बिहीबार र शनिबारका लागि सारिएको छ । ताप्लेजुङबाट काठमाडौँ प्रस्थान गर्ने यात्रुका लागि हाल १२ हजार ७० रुपियाँ र काठमाडौँबाट ताप्लेजुङ आउनेका लागि १२ हजार २७० रुपियाँ भाडादर निर्धारण गरिएको निगमले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक