बाढी प्रभावित क्षेत्रमा तीव्र गतिमा मर्मत, अधिकांश स्थानमा बिजुली बल्यो

काठमाडौँ , असोज १२। विगत केही दिनयताको अविरल वर्षा र बाढीपहिरोका कारण अवरुद्ध भएको विद्युत् आपूर्ति बाढी प्रभावित सम्पूर्ण जिल्लाहरूमा बुधबारसम्ममा सुचारु हुने भएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बाढीपहिरोले विद्युत् आपूर्ति बाढी प्रभावित सम्पूर्ण जिल्लाहरूमा भोलि बुधवार सम्ममा सम्पूर्ण प्रभावित जिल्लामा विद्युत् आपूर्ति सहज हुने जानकारी दिएका हुन्। अविरल वर्षाका कारण प्रसारण तथा वितरण संरचनामा क्षति पुग्दा हिजो एकैदिन राष्ट्रिय प्रणालीबाट १ हजार मेगावाटभन्दा बढी विद्युत् बाहिरिएको थियो। सडक अवरुद्ध हुँदा प्राविधिकहरूलाई कार्यक्षेत्रमा खटिन समस्या भए तापनि मर्मतको काम निरन्तर भइरहेको छ।

कहाँ-कहाँ सुचारु भयो बत्ती ?
प्राधिकरणका अनुसार बाढीका कारण म्याग्दी, बागलुङ, मुस्ताङ, तनहुँ, रुकुम पूर्व र प्युठानलगायतका जिल्लामा विद्युत् आपूर्ति बन्द भएको थियो।जसमध्ये म्याग्दी, बागलुङ, तनहुँ र रुकुम पूर्वमा विद्युत् सुचारु भइसकेको छ। त्यसैगरी मुस्ताङ, प्युठान र डोल्पामा आज अपराह्नसम्म र बाँकी सम्पूर्ण प्रभावित क्षेत्रमा भोलि सम्ममा विद्युत् जडान भइसक्ने प्राधिकरणले जनाएको छ।बाढीका कारण अवरुद्ध भएका सेती र मादी करिडोरका २६२ मेगावाट तथा मर्स्याङ्दी करिडोरका १९० मेगावाट क्षमताका जलविद्युत् केन्द्रहरू पुनः सञ्चालनमा आइसकेका छन्। १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्र पनि आज उच्च माग हुने समय (पिक आवर) मा सञ्चालनमा आउनेछ।

उत्पादन र प्रसारण लाइनमा व्यापक क्षति 

प्राधिकरणको सहायक कम्पनीमार्फत प्रवर्द्धित ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको बाँध र टेलरेस गेटमा क्षति पुगेको छ। टर्बाइन फ्लोरमा पसेको पानी र लेदो सफा गरी सञ्चालनमा ल्याउन करिब १० दिन लाग्नेछ।प्रसारणतर्फ कालीगण्डकी करिडोरको २२० केभी लाइन अन्तर्गत म्याग्दीको दाना–कुश्मा खण्डको टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ। लाइनमा क्षति पुगेका कारण त्यस क्षेत्रका १९० मेगावाट क्षमताका ७ वटा जलविद्युत् केन्द्रहरूले विद्युत् प्रवाह गर्न सकेका छैनन्।यद्यपि, राहुघाट सबस्टेसनमा जोडिएका १२७ मेगावाटका आयोजनाहरू भने उत्पादन सुचारु गर्न सक्ने अवस्थामा छन्। प्रणालीबाट पूर्ण रूपमा बाहिरिएका ८ वटा आयोजनाको कुल क्षमता भने २३० मेगावाट रहेको छ।

माग धान्न भारतबाट ११५४ मेगावाट आयात

एक हजार मेगावाटभन्दा बढी विद्युत् प्रणालीबाट बाहिरिएपछि माग धान्न प्राधिकरणले भारतबाट विद्युत् आयात गरिरहेको छ। अहिले आन्तरिक उत्पादनबाट जम्मा १२१८ मेगावाट विद्युत् मात्र उपलब्ध छ।आपूर्ति व्यवस्थापनका लागि ढल्केबर–मुजफ्फरपुरबाट ६०० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारबाट ३५० मेगावाट र आरटीसीमार्फत १५० मेगावाट गरी कुल ११५४ मेगावाट विद्युत् आयात गर्ने योजना छ। यसबाट कुल २३७२ मेगावाट विद्युत् उपलब्ध हुनेछ।  जबकि वर्षाअघि सुख्खायामको उच्चतम माग २२९२ मेगावाट रहेको थियो।

भदौ १० को बाढीले ४ अर्बको क्षति 

यसअघि भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले माथिल्लो त्रिशूली थ्री बी २२० केभी हबलगायतका क्षेत्रमा क्षति पुर्‍याउँदा ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको थियो।उक्त बाढीबाट प्राधिकरण र सहायक कम्पनीहरूको करिब ४ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।हाल प्रभावित क्षेत्रका टनेल र पावरहाउसमा पसेको लेदो र फोहोर सफा गर्ने काम भइरहेको छ। सरसफाइ सकिएपछि मात्र क्षतिको वास्तविक मूल्याङ्कन गरी पुनर्निर्माण र बजेट व्यवस्थापनको प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक