धरानमा विद्यार्थीको फिनेल सेवन प्रकरण ,पत्रकारमाथि उठ्यो प्रश्न ,बास्तबिकता के?

धरान ,१३ असोज। रिक्त शिक्षक नियुक्तिको माग गर्दै भएको आन्दोलनका क्रममा विद्यार्थी रोजन शंकरले फिनेल सेवन गरेको घटनामा पत्रकार सञ्जिता धमलाको नाम जोडिएको छ। आन्दोलनरत विद्यार्थी सौगात विकले आफूलाई धमलाले फिनेल उपलब्ध गराएको दाबी गरेपछि घटनाबारे थप प्रश्न उठेको हो।
धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघा र आन्दोलनरत विद्यार्थी सौगात विकबीच भएको संवादका क्रममा विकले सीसीटीभी फुटेजमा देखिएको घटनाबारे जानकारी दिँदै आफूलाई फिनेल धमलाले दिएको बताएका छन्।
नगर बाल सञ्जालले आन्दोलन फिर्ता लिने क्रममा उपमहानगरपालिकामा आयोजित छलफलपछि बेघाले विकलाई सीसीटीभी फुटेजमा देखिएको विषयबारे प्रश्न गरेका थिए।

बेघाले फुटेजमा देखिएको व्यक्तिले फिनेल कहाँबाट ल्याएको भन्नेबारे सोध्दा विकले आफूलाई फिनेलबारे पूर्वजानकारी नभएको र धमलाले दिएको दाबी गरे।
विकले भनेका छन्, ‘त्यो खासमा मैले लिएको होइन, मलाई पनि त्यसमा अनजान थियो। मलाई सञ्जिता धमलाले दिएको।’
विकको जवाफपछि कार्यवाहक नगर प्रमुख बेघाले विद्यार्थीहरूलाई बाह्य पक्षबाट परिचालन गरिएको हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेका थिए। उनले विद्यार्थीका जायज मागमा उपमहानगरपालिका संवेदनशील रहेको पनि बताएका छन्।

आन्दोलन चर्काउने क्रममा फिनेलको प्रसंग आएको दाबी
नगर बाल सञ्जालका अध्यक्ष मानव विश्वकर्माका अनुसार आन्दोलनका क्रममा दबाब सिर्जना गर्ने विभिन्न विकल्पबारे छलफल भएको थियो। उनका अनुसार त्यस क्रममा पत्रकार धमलासहितको टोली पनि छलफलमा सहभागी थियो र फिनेलको प्रसंग आएको थियो।

विश्वकर्माका अनुसार सौगात विकले आफूले धमलाबाट फिनेल लिएर रोजन शंकरलाई दिएको बताएका छन्। रोजनले सुरुमा फिनेल सेवन गर्न नमानेपछि उनलाई दबाब दिइएको दाबीसमेत गरिएको छ।
यद्यपि, यी दाबीको स्वतन्त्र पुष्टि भने भइसकेको छैन। घटनाबारे सीसीटीभी फुटेज तथा अन्य प्रमाणका आधारमा थप अनुसन्धान आवश्यक देखिएको छ।
शिक्षक नियुक्तिको माग सम्बोधन भएपछि आन्दोलन फिर्ता

धरान–६ स्थित सरस्वती माध्यमिक विद्यालय र धरान–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापन तथा परीक्षा सञ्चालनको माग सम्बोधन भएपछि धरान नगर बाल सञ्जालले आन्दोलन तथा दबाबमूलक कार्यक्रम फिर्ता लिएको जनाएको छ।
शुक्रबार धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर राईले दुवै विद्यालयका प्रधानाध्यापकलाई बोलाएर शिक्षक नियुक्ति प्रक्रिया अगाडि बढाउने पत्र हस्तान्तरण गरेका थिए।

त्यसपछि बाल सञ्जालले आफ्ना माग सम्बोधन भएको भन्दै आन्दोलन स्थगित गरेको जनाएको हो।

आन्दोलनका क्रममा अस्वस्थ भएका रोजन शंकरको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। प्रतिष्ठानका अनुसार उनी आइसोलेसन वार्डमा उपचाररत छन् र उनको अवस्था खतरामुक्त रहेको बताइएको छ।
पत्रकार धमलाको खण्डन

यता, पत्रकार सञ्जिता धमलाले भने आफूले कसैलाई फिनेल नदिएको स्पष्ट पारेकी छन्। उनले आफूलाई फसाउने योजनाका साथ आफ्नो नाम जोडिएको दाबी गरेकी छन्।

धमलाले भनिन्, ‘यो फेक हो। मैले कसैलाई फिनेल दिएको छैन।’ आफूले फिनेल ल्याएर दिएको भन्ने व्यक्तिको दाबी योजनाबद्ध रहेको भन्दै उनले घटनाबारे प्रहरीमा उजुरी दिने तयारी गरेको बताइन्।

धरान उपमहानगरपालिकाले विद्यार्थी आन्दोलनमा बाह्य पक्षबाट हुने अनावश्यक उक्साहट र राजनीतिकरणबारे पनि छानबिन आवश्यक रहेको जनाएको छ। फिनेल सेवनको घटनामा कसको भूमिका थियो भन्ने विषय भने सम्बन्धित प्रमाण र अनुसन्धानबाट स्पष्ट हुन बाँकी छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण

झापा बुद्धशान्ती,१३ असोज। जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सेनाको मात्र विश्वविद्यालय होइन : मन्त्री गौतम

काठमाडौं,१३ असोज । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय नभएको बताएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको

उपराष्ट्रपति यादव र भारतका राजदूत श्रीवास्तबीच भेट, भारतीय सहयोगको प्रशंसा

काठमाडौं,१३ असोज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार बिदाइ भेट गरेर्नु भएको छ । उपराष्ट्रपति

धरानमा विद्यार्थीको फिनेल सेवन प्रकरण ,पत्रकारमाथि उठ्यो प्रश्न ,बास्तबिकता के?

धरान ,१३ असोज। रिक्त शिक्षक नियुक्तिको माग गर्दै भएको आन्दोलनका क्रममा विद्यार्थी रोजन शंकरले फिनेल सेवन गरेको घटनामा पत्रकार सञ्जिता धमलाको नाम जोडिएको छ। आन्दोलनरत

पूर्वाञ्चल विश्वविद्यालयको १ अर्ब ९९ करोड बजेट स्वीकृत, एआईदेखि चिकित्सा शिक्षासम्म प्राथमिकता

विराटनगर,१३ असोज । पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। सिंहदरबारस्थित