(सीडीओ)सहित आठ कर्मचारीको सरुवा

गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित आठ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले असोज १२ गते गरेको निर्णयअनुसार विभिन्न जिल्लाको प्रशासनिक नेतृत्वमा फेरबदल गरिएको हो।

निर्णयअनुसार रामेछापकी प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुँवरलाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ। प्युठानका प्रमुख जिल्ला अधिकारी शान्ति राज प्रसाईंलाई सिराहाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

गृह मन्त्रालयमा सहसचिवका रूपमा कार्यरत मोतीराम सापकोटालाई गुल्मीको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ। कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई गृह मन्त्रालय वा मातहत सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, गृह मन्त्रालयकै सहसचिव तुलसीबहादुर श्रेष्ठलाई डोटीको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ। डोटीकी प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई गृह मन्त्रालय वा अन्तर्गत उपसचिवको जिम्मेवारीमा सरुवा गरिएको छ।

यसैगरी गृह मन्त्रालयमा उपसचिव रहेका भक्तीराम मरासिनीलाई अर्घाखाँचीको सहायक प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ। अर्घाखाँचीमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत उपसचिवका रूपमा सरुवा गरिएको छ।

मन्त्रालयको निर्णयसँगै सम्बन्धित जिल्लामा नयाँ प्रशासनिक नेतृत्वअनुसार कर्मचारी खटिने भएका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लाइफलाइन अस्पताल र माङ्सेबुङ गाउँपालिकाबीच स्वास्थ्य सम्झौता

दमक, १५ असोज । इलामको माङ्सेबुङ गाउँपालिका र दमकमा रहेको लाइफलाइन अस्पतालबीच गाउँपालिकावासीलाई स्वास्थ्य सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ।   बिहीबार अस्पतालमा आयोजित

पाथीभरा कुलिनरी आट्र्सका विद्यार्थीले दसैँको झझल्को यसरी देखाए

    दमक, १५ असोज । दमकमा होटल म्यानेजमेन्ट अध्ययन गराउँदै आएको पाथीभरा कुलिनरी आट्र्सका विद्यार्थीहरूले बिहीबार दसैँ विशेष कार्यक्रम आयोजना गरेका छन्।   दसैँको