धनगढी–खुटिया–दिपायल फास्ट ट्र्याकले लियो गति, ५ पुलको ठेक्का प्रक्रिया सुरु

काठमाडौं , असोज १५। धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ फास्ट ट्र्याक अन्तर्गत डोटीका महत्वपूर्ण पुलहरूको ठेक्काका लागि सूचना आह्वान भएको छ । सायलिगाड पुल (६० मिटर), जारिमघाट खोला पुल (६० मिटर), गुणगाडी (गुनडी) खोला पुल (५० मिटर), हानीगाड (हौँनेगाड) खोला पुल (२५ मिटर) र सानीगाड पुल (६० मिटर)को ठेक्काको सूचना बिहीबार आह्वान भएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका विज्ञ सल्लाहकार इन्जिनियर दिनेश रावतले बताए। पाँच पुलको लागत अनुमान मात्रै रु. ५४ करोड २७ लाख रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै उनका अनुसार सेरागाड खोला पुल (५० मिटर), बिछन्द खोला पुल (६० मिटर) पुलको ठेक्का आह्वान यसअघि सडक विभाग पूल महाशाखाबाट ३२ असारमा भइसकेको छ । तेबेली खोला पुल (२५ मिटर) र बल्लेगाडा नदी पुल (२० मिटर) ठेक्का प्रक्रियामा रहेका उनको भनाइ छ ।

उक्त सडकमा पर्ने सबै पुलको ठेक्का आह्वानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला कार्यसमिति डोटी डेलिकेसनसहित एक महिना यता काठमाडौंमा थियो। रास्वपा डोटी जिल्ला सभापति केशव बलायरले आर्थिक वर्ष २०८३/०८४ सालमा डोटीको दिपायलसम्म पुग्ने सडकको ठेक्का आह्वानको प्रक्रिया अगाडि बढाउने विषयमा एक महिनादेखि मन्त्री लम्सालसँग छलफल भइरहेकोमा अभियाले बल्ल सार्थकता पाएको बताएका छन् । उनका अनुसार अहिलेसम्म पुलतर्फ ८० करोड र सडकतर्फ १५१ करोड बराबरका ठेक्का प्रक्रिया अगाडि बढेर सूचना आह्वान भइसकेको छ ।‘मन्त्री लम्सालसँग छलफलका क्रममा यसै आर्थिक वर्षभित्र फास्ट ट्र्याक बनाउन आवश्यक २०० देखि ३०० करोडसम्मको रकम सरकारले व्यवस्था गर्ने प्रतिवद्धता जनाउनु भएको थियो। उहाँले त्यसका लागि तुरुन्त ठेक्का प्रक्रिया अघि बढाउन सम्बन्धित कर्मचारीलाई निर्देशनसमेत दिनु भएको थियो। उहाँको निर्देशन अनुरुप नै काम अगाडि बढेको छ। त्यसका लागि सरकार र मन्त्रीज्यूप्रति हार्दिक आभार,’ बलायरले भने ।

यस्तै विज्ञ सल्लाहकार रावतका अनुसार डोटीको दिपायलसम्म पुग्ने सडकको बाँकि १७ किलोमिटरको ठेक्का आह्वान गर्न लगभग १३० करोड स्रोत सुनिश्चितताका लागि पूर्वाधार विकास मन्त्रीस्तरीय निर्णय गरी अर्थ मन्त्रालय पठाइएको छ ।रास्वपा डोटीका सहसचिव एवं संगठन विभाग प्रमुख डिल्लीराज भट्टले मन्त्री लम्सालले स्रोत सुनिश्चितताको काम तुरुन्तै हुने आश्वासन दिएको बताउँदै खुसी व्यक्त गरे ।‘उहाँले हामीलाई ठेक्का सूचना आह्वान भएपछि मात्र घर जानुहोला भन्नु भएको थियो। आज बोलाएर अब तपाईंहरू ढुक्क भएर जिल्ला फर्किनुहोस्। जनताको माझमा रहेर काम गर्नुहोस् । त्यहाँका जनताको माग बोकेर तपाईं आउनु भएको थियो । त्यो प्रक्रिया अगाढि बढिसकेको छ। चाडै स्रोत सुनिश्चितता हुन्छ भन्नु भएको छ । ठेक्को लागि सूचना आह्वान भएसँगै अब हामी आजै घर फर्किंदैछौं,’ उनले भने । फास्ट ट्र्याकको काम अत्यन्तै फास्ट गतिमा अघि बढेको बताउँदै उनले यस अभियानमा साथ दिने नेपाल सरकार, पार्टी सभापित रवि लामिछाने, केन्द्रीय सदस्य जानीका जोशी, पूर्वाधार मन्त्रालय, डोटेली नागरिक, सबै राजनीतिक दल, बुद्धिजीवी, युवा, महिला, नागरिक समाज तथा सञ्चारकर्मीलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकरण भट्टको सदीक्षासमेत आफूहरूका प्रति सकारात्मक रहेको भट्टको भनाइ छ ।सभापति बलायरले रास्वपा डोटीले गाउँका समस्या गाउँमै सुन्ने अभियान सञ्चालन गरिरहेकोमा जनताले फास्ट ट्रयाकको विषय प्राथमिकताका साथ उठाएकाले आफूहरूले प्रधान एजेण्डाका रुपमा यसलाई अघि सारेको बताएका छन् । उनले यसपछि खप्तडको पर्यटन विकासका लागि रास्वपा डोटी केन्द्रित हुने प्रतिवद्धता व्यक्त गरे ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक