विराटनगरमा कोठाभित्र मृत फेला , दुई–तीन दिनअघि नै मृत्यु भएको आशंका

विराटनगर,१६ असोज ।  विराटनगर महानगरपालिका–१६ मा एक पुरुष डेराको कोठाभित्र मृत फेला परेका छन् ।

स्थानीय अमोद लामाको घरमा डेरा गरी बस्दै आएका ४८ वर्षीय बब्लु श्रेष्ठ शुक्रबार बिहान मृत अवस्थामा भेटिएका हुन् । उनी सिटी सफारी चलाएर जीविकोपार्जन गर्दै आएका थिए ।

कोठाबाट अस्वाभाविक दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताउनु भयो । घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रवीण घिमिरेको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुग्नु भएको थियो ।

प्रहरी घटनास्थल पुग्दा कोठाको ढोकामा भित्रबाट चुकुल लगाइएको थियो । स्थानीय जनप्रतिनिधिको रोहबरमा ढोका खोलेर हेर्दा श्रेष्ठ फ्रिजमा टाँसिएको अवस्थामा लडिरहेको भेटिएको डीएसपी मिश्रले जानकारी दिनुभयो ।

प्रहरीको प्रारम्भिक अनुमानअनुसार श्रेष्ठको मृत्यु दुईदेखि तीन दिनअघि नै भएको हुन सक्छ । घटनास्थलको प्रकृति हेर्दा फ्रिज खोल्ने क्रममा विद्युत् प्रवाह भएर करेन्ट लाग्दा मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । यद्यपि, मृत्युको कारण पुष्टि भइसकेको छैन । ‘फ्रिजमा टाँसिएको अवस्थामा डेरावाल मृत भेटिएका छन् । दुई–तीन दिनअघि नै मृत्यु भएको आशंका गरिएको छ,’ डीएसपी मिश्रले भन्नुभयो ।

श्रेष्ठकी श्रीमती रोजगारीका लागि दुबईमा छिन् भने छोरा काठमाडौंमा बस्दै आएका छन् । घटनाको जानकारी पाएपछि छोरा विराटनगर आउँदै गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलको मुचुल्कालगायत कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ । इन्स्पेक्टर घिमिरे नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको डीएसपी मिश्रले बताउनु भयो । श्रेष्ठको मृत्यु करेन्ट लागेर भएको हो वा अन्य कुनै कारणले भन्ने कुरा पोस्टमार्टम रिपोर्ट र अनुसन्धानपछि मात्रै खुल्ने उहाँले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक