सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई

काठमाडौं ,१८ असोज। श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच सत्ता कति वर्ष चलाउने भन्ने प्रतिस्पर्धाभन्दा देशका लागि कसले राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा हुनुपर्ने बताउनु भएको छ।

आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले अब राजनीतिक दलहरू राष्ट्र निर्माणका लागि एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भयो।

उहाँले भन्नु भयो, ‘यो महाधिवेशनबाट एउटा अनुरोध गर्न चाहन्छु, अब हामीले कुन पार्टीले कति समय सत्ता चलाउने, कति वर्ष चलाउने भनेर प्रतिस्पर्धा गर्नुभन्दा पनि देशका लागि राम्रो काम गर्ने कुरामा प्रतिस्पर्धा हुनुपर्छ।’

राईले नेपाली कांग्रेस हल्लाद्वारा स्थापित भएको पार्टी नभएको बताउनु भयो । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि धेरै योद्धाहरूले आफ्नो निजी स्वार्थ र सपना त्यागेर निर्माण गरेको पार्टीका रूपमा कांग्रेसलाई आफूहरूले बुझेको उहाँको भनाइ थियो।

‘नेपाली कांग्रेस हल्लाद्वारा स्थापित भएको पार्टी होइन, लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि धेरै योद्धाहरूले आफ्नो निजी स्वार्थ र सपना त्यागेर निर्माण गरेको पार्टी हो,’उहाँले भन्नु भयो ।

उहाँले आगामी दिनमा राष्ट्र निर्माणका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मोटरसाइकल दुर्घटना,उपचारको क्रममा दुई जनाको मृत्यु

तनहुँ १८ असोज । तनहुँको भानु नगरपालिका(१० तल्लो मैदानमा आज भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५

सुनसरी–४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी सर्वसम्मत चयन भएका छन्। क्षेत्रीय नेतृत्वका लागि अन्सारी र मनोज साहबीच

शिक्षामन्त्री भन्नुहुन्छ,दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैन ढुक्क हुनुहोस्

कर्णाली १८ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । दशौं खेलकुदको मूल आयोजक समितिको

कोशी प्रदेशमा देउवा समूहका बलिया नेता डम्बर खड्का गगन टीममा, केन्द्रीय सदस्य लड्ने

काठमाडौं,१८ असोज । लामो समय शेर बहादुर देउवा निकट रहेर कांग्रेस राजनीतिमा सक्रिय इलाम जिल्ला सभापति डम्बर खड्काले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी

सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई

काठमाडौं ,१८ असोज। श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच सत्ता कति वर्ष चलाउने भन्ने प्रतिस्पर्धाभन्दा देशका लागि कसले राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा

कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न १५ वटा समिति गठन गरेको छ । काठमाडौंको खुलामञ्चमा आजदेखि हुन लागेको महाधिवेशन केन्द्रीय