कांग्रेस १५औँ महाधिवेशन

नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदै

काठमाडौं ,२२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज विहिबार मतदान हुँदैछ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दिउँसो १ बजेदेखि मतदान हुने भएको छ । यसअघि बिहान ७ बजेदेखिको समय १० बजे सारिएकामाा वर्षा र प्राविधिक कारणले गर्दा दिउँसोदेखि मतदान शुरू हुने केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिनु भयो ।

 

महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन् । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ । सिमितिले बिहानैदेखि लाइनमा नबस्नसमेत आग्रह गरेको छ । मतदानका लागि महाधिवेशन प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।निर्वाचन समितिले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिकाअनुसार बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभा गृहमा रहेको मतदान केन्द्र ‘क’ बाट मतदान गर्नेछन् । खुलामञ्चलाई मतदान केन्द्र ‘ख’ तोकिएको छ । खुलामञ्चमा रहेको कोशी प्रदेश र तराई–मधेस समूहका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ ।

 

त्यस्तै खुलामञ्चमा रहेको गण्डकी प्रदेशका प्रतिनिधिले हिमाल हलबाट मतदान गर्ने व्यवस्था गरिएको छ । खुलामञ्चमा रहेको मधेस प्रदेशका प्रतिनिधिका लागि तराई–मधेस हल तोकिएको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिले खुलामञ्चमा रहेको पहाड हलबाट मतदान गर्नेछन् । निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ । मतदान गर्नुअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ ।

 

निर्वाचन समितिका अनुसार मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न पाइने छैन । प्रतिनिधिले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेपछि मात्र मतदान गर्न पाउनेछन् ।कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ । त्यसपछि निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको हो ।अब मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित विभिन्न पदका केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । नयाँ नेतृत्व चयनका लागि हुने मतदानपछि मतगणना शुरू गरिने निर्वाचन समितिले जनाएको छ । १५ औँ महाधिवेशनले विधान संशोधन गरेर कांग्रेस केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाल–भारत सीमा क्षेत्रमा करेन्ट लागेर जंगली हात्तीको मृत्यु

झापा, ९ मंसिर । नेपाल– भारत सीमा क्षेत्रमा करेन्ट लागेर एउटा जंगली हात्ती मरेको छ ।भारत पश्चिम बंगालको खोरीवारीको चन्नाजोत भन्ने ठाउँमा करेन्ट लागेर पोथी

विद्युत चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति

काठमाडौँ,९ मंसिर । सरकारले विद्युत चुहावट नियन्त्रणलाई तीव्रता दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गर्दै लक्ष्य भेटाएको

नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याउने प्रस्ताव

काठमाडौं,९ मंसिर । अर्थमन्त्री स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको पुँजी वृद्धि गर्दै लगानीका क्षेत्र तथा वित्तीय उपकरणको दायरा विस्तार गर्ने प्रस्ताव गरिएको बताँउनु भएको छ

मिडिया माथिको हस्तक्षेपविरुद्ध पत्रकारहरू आन्दोलनमा

काठमाडौँ,९ मंसिर । विभिन्न मिडिया हाउसमा प्रहरीको हस्तक्षेपविरुद्ध पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । ‘पत्रकारलाई पटकपटक हैन, एकैपटक सामुहिक गिरफ्तार गर’ भन्दै उनीहरूले काठमाडौँ, भक्तपुर र

बेपत्ता युवतीको खोजी गर्न माग गर्दै दुहबीमा चक्काजाम

दुहबी,९ मंसिर । ईलाका प्रहरी कार्यालयअगाडि टायर बालेर सुनसरीको दुहबीका स्थानीयले बिरोध प्रदर्शन गरेका छन् । छोरी बेपत्ता भएको १ महिना बितिसक्दा समेत किटानी जाहेरीउपर

लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन प्रधानमन्त्री शाहको आह्वान

काठमाडौं,९ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहले लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्याय सुनिश्चित गर्न सबै पक्षलाई

ओलीले राजीनामा मागेपछि मुख्यमन्त्री कार्की अप्ठ्यारोमा, नेकपाले दियो नछोड्न सुझाव

विराटनगर,९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेलिफोन गरेर पदबाट राजीनामा दिन आग्रह गरेपछि कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की अप्ठ्यारोमा पर्नु भएको छ ।उहाँले