दमकमा खुल्यो केयरगिभर सीप परीक्षण केन्द्र

इजरायलबाट फर्किएकाहरूको सुझाव : सीप र इमानदारीले अवसर

दमक, २३ असोज । इजरायलमा केयरगिभरका रूपमा काम गर्न जान चाहनेहरूका लागि झापाको दमकमा सीप परीक्षण केन्द्र सञ्चालनमा आएको छ। झापा पोलिटेक्निक कलेजले सीप सिक्ने र परीक्षण गराउने सुविधा दमकमै उपलब्ध गराएपछि यसअघि परीक्षणका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ। कलेजका सञ्चालक मोती बरालका अनुसार आगामी असोज २९ र ३० गते इजरायल जान इच्छुक २६ जनाको सीप परीक्षण गरिनेछ। त्यसका लागि आवश्यक संरचना तथा स्रोतसाधनको व्यवस्थापन गरिसकिएको उहाँले बताउनुभयो।

इजरायलमा १२ वर्ष काम गरेर छ वर्षअघि नेपाल फर्कनुभएकी सुनिता थापाले सीप र कामप्रतिको लगाव भए इजरायलमा रोजगारीका प्रशस्त अवसर रहेको बताउनुभयो। उहाँका अनुसार त्यहाँ काम गर्न जानुअघि सम्बन्धित सीप सिक्नु अत्यन्तै महत्त्वपूर्ण छ। सीपमा दक्ष भएर कामप्रति जिम्मेवार बन्न सके राम्रो आम्दानी गर्न सकिने उहाँको अनुभव छ। त्यस्तै, इजरायलमा सात वर्ष काम गरेर फर्कनुभएका रितुराज ढकालले पनि केयरगिभर अर्थात् हेरचाहसम्बन्धी काममा अवसर प्रशस्त रहेको अनुभव सुनाउनुभयो। कामप्रति इमानदार र व्यवहारमा मिजासिलो हुन सके नयाँ अवसर प्राप्त गर्न सहज हुने उहाँको भनाइ छ।

यसअघि इजरायल जान चाहनेहरूले आफूले सिकेको सीप परीक्षण गराउन दमकबाहिर जानुपर्ने अवस्था थियो। तर, यस वर्ष झापा पोलिटेक्निक कलेजले सीप सिकाउने तथा परीक्षण गराउने अनुमति पाएपछि स्थानीयस्तरमै यो सुविधा उपलब्ध भएको हो। कलेजमा हाल इजरायल जान इच्छुक एक सयभन्दा बढी व्यक्तिले केयरगिभरसम्बन्धी सीप सिकिरहेका छन्। तीमध्ये २६ जनाको आगामी असोज २९ र ३० गते सीप परीक्षण हुने कलेजले जनाएको छ।

दमकमै सीप सिक्ने र परीक्षण गराउने सुविधा उपलब्ध भएपछि इजरायलमा केयरगिभरका रूपमा काम गर्न चाहनेहरूलाई समय र खर्च बचत हुनुका साथै आवश्यक सीप हासिल गरेर वैदेशिक रोजगारीमा जाने तयारी गर्न सहज हुने अपेक्षा गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

निरन्तरको उतारचढावले सेयर बजारमा अन्योल कायमै, नयाँ लगानीकर्ता प्रवेश गर्न हिचकिचाउँदै

काठमाडौँ,११ मंसिर । स्पष्ट दिशा समात्न नसक्दा सेयर बजारमा अनिश्चितता कायमै देखिएको छ । पछिल्लो समय ठूला लगानीकर्ता र सामूहिक लगानी कोषहरू ‘पर्ख र हेर’

कांग्रेसको १५ औँ महाधिवेशनका लागि ५ उपसमितिका संयोजक मनोनयन

काठमाडौँ ,११ मंसिर। नेपाली कांग्रेस देउवा पक्षले आगामी मंसिर २१, २२ र २३ गते हुने १५ औँ केन्द्रीय महाधिवेशन तयारीलाई तिब्रता दिएको छ । यसक्रममा

राष्ट्रपति पौडेलसँग रवि लामिछानेको समसामयिक छलफल

काठमाडौं,११ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गर्नु भएको छ ।राष्ट्रपति पौडेलसँग सभापति लामिछानेले राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार

राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल

काठमाडौं,११ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री बालेन्द्र शाहले भेट गर्नु भएको छ।राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटवार्तामा राष्ट्रपति पौडेललाई आफ्नो हालै सम्पन्न

हराएका पशुका अवशेष खोज्दै स्थानीय

काठमाडौं ,११ मंसिर। गत भदौ १० गते भोटेकोशी आएको बाढीले क्षति पु¥याएको क्षेत्रमा स्थानीयले पशुका अवशेष खोज्ने तथा व्यवस्थापन गर्ने काम जारी राखेका छन् ।

भोजपुरको गैरीगाउँमा राष्ट्रिय प्रसारणको बिजुली पुग्यो

भोजपुर,११ मंसिर । पहाडी जिल्ला भोजपुरका ग्रामीण बस्तीहरुमा पनि विद्युतीकरणमा तीव्रता दिन थालिएको छ । नेपाल विद्युत प्राधिकरणले ग्रामीण बस्तीहरुमा पनि विद्युतीकरण गरि रहेको छ

होल्डिङ सेन्टर खाली गर्न निर्देशनपछि सुकुम्बासी थाल ठटाएर आन्दोलित

काठमाडौं,११ मंसिर । काठमाडौं उपत्यकाका नदी किनारबाट हटाइएपछि भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवार आन्दोलनमा उत्रिएका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार दिउँसो