थप अनुसन्धान जारी

खोटाङमा ज्वाइँद्वारा धारिलो हतियार प्रहार, श्रीमती सहित चार घाइते

खोटाङ,९ कार्तीक । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा एक व्यक्तिले ससुराली पुगेर धारिलो हतियार प्रहार गर्दा श्रीमतीसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। हलेसी तुवाचुङ नगरपालिका–३ आहालेका ४३ वर्षीय नइन्द्रकुमार राईले ससुराली घर पुगेर धारिलो हतियार प्रहार गरेका हुन्।

 

आक्रमणबाट ४० वर्षीया अन्जना राईको टाउकोको पछाडि, ६२ वर्षीया स्यामाउन राईको टाउको र दाहिने हातमा तथा २५ वर्षीया तेनिना राईको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। त्यस्तै, आक्रमणमा परी नरेन्द्र राईको दाहिने हातमा चोट लागेको र उनको अवस्था भने मध्यम रहेको छ। घाइते चारै जनाको हाल नगर अस्पताल दुर्छिममा उपचार भइरहेको छ। घटनामा संलग्न नइन्द्रकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आक्रमणको कारण हालसम्म नखुलेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कीर्तिपुरमा मलानको विस्फोट : ४१ बलमा ५ चौका र ३ छक्कासहित अर्धशतक प्रहार

काठमाडौं , कार्तिक १०।  राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो अर्धशतक चितवन राइनोजका डेभिड मलानको नाममा दर्ज भएको छ । मलानले

कीर्तिपुरमा चम्किए डेभिड मलानस चितवनको स्कोर २० ओभरमा १५६ रन

काठमाडौं , कार्तिक १०। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई १५७ रनको लक्ष्य दिएको छ । त्रिवि अन्तर्राष्ट्रिय

कात्तिक १२ देखि जावलाखेलमा पाँच दिने गोदावरी फूल प्रदर्शनी

काठमाडौं , कार्तिक १०। आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना हुने भएको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै

सडक पुगेपछि फेरियो रुकुमको मुहार : सदरमुकाम धाउने गाउँमै हुर्किए बजार

रुकुम पश्चिम , कार्तिक १०। मुसीकोट नगरपालिका भलाक्चाका ६७ वर्षीय जितबहादुर नेपाली युवा अवस्थामा बिहानै घरबाट खाना बोकेर जिल्ला सदरमुकाम खलंगा पुग्थे । उनका लागि

इलाममा २२ वर्षअघिको ज्यान मुद्दाका फरार प्रतिवादी प्रेमकुमार श्रेष्ठ पक्राउ, कारागार चलान

इलाम , कार्तिक १०। इलाममा २२ वर्षअघि भएको ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–३

चितवनको बलियो सुरुवात

काठमाडौं ,१० कार्तीक। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो खेलमा चितवन राइनोजले सुखद सुरुवात गरेको छ।खेलको सुरुवाती पावर प्लेमा चितवनले ५० रन जोडेको छ। चितवनका

नेपालीलाई सतर्क रहन दूतावासको अपिल

काठमाडौं ,१० कार्तीक। पछिल्लो समय साउदी अरेबियामा सुरक्षा अवस्था संवेदनशील बन्दै गएको भन्दै रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको