काठमाडौं , कार्तिक १०। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई १५७ रनको लक्ष्य दिएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाएर १५६ जोडेको हो । चितवन राइनोजले पावर प्लेमै ५० रन जोडेको थियो । राइनोजका तर्फबाट ब्याटिङ गर्दै डेभिड मलानले सर्वाधिक ७० रन बनाए । यस अघि विराटनगरले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो ।

दसैँ अवधिमा देशभर भएका सवारी दुर्घटनामा १२४ जनाको मृत्यु, झण्डै तीन हजार घाइते
काठमाडौँ , कार्तिक १०। दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ ।प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार देशभर भएको सवारी दुर्घटनामा









