बालेन सरकारविरुद्ध मधेसकेन्द्रित दलहरूको आन्दोलन तयारी

काठमाडौँ,१० असोज । दसैँ, तिहार र छठ जस्ता ठूला चाडपर्व सकिएलगत्तै मधेसकेन्द्रित दलहरुले बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध आन्दोलनको तयारी थालेका छन्। संविधान र संघीयताको रक्षा गर्ने भन्दै उनीहरु सरकारविरुद्ध उत्रिने भएका हुन्। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, सीके राउत नेतृत्वको जनमत पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टीसहित ८ दल रहेको अग्रगामी मोर्चाले त्यसको नेतृत्व गर्ने भएको छ। यद्यपि, यसमा अन्य राजनीतिक दलले समेत साथ र समर्थन गरिरहेको नेताहरू बताउँछन्। आन्दोलनको केन्द्रमा मधेस प्रदेश हुनेछ। जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई छठपछि देखिने, सुनिने र बुझिने बनाउने बताउनु भयो।

 

मोर्चाका प्रवक्ता समेत रहनु भएका राउतका अनुसार दसैँलगत्तै बालेन सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ।‘माग सम्बोधन नभए विरोधको कार्यक्रम हुँदै अनि आन्दोलन हुन्छ,’ उहाँले नेपालखबरसँग भन्नु भयो।तथापि, उहाँले विरोध कार्यक्रम काठमाडौँबाट सुरु भएर राष्ट्रव्यापी बनाइने बताउनु भयो।तर, मधेस प्रदेशमा कार्यकर्ता परिचालन, भेला र राजनीतिक संवादलाई तीव्र पारिएको छ। त्यसका लागि संघीयता र प्रदेश अधिकारको मुद्दालाई आधार बनाउने उनीहरूको तयारी देखिन्छ।राउतले वर्तमान सरकार राष्ट्रियताप्रति उत्तरदायी नभएको आरोप लगाउनु भयो। संविधान संशोधनको नाममा सरकारले संविधान खारेज गर्ने कि राजतन्त्र स्थापना गर्ने बहसतर्फ देशलाई लैजाने प्रयास गरेको आरोप लगाउनु भयो।

 

‘राष्ट्रियता, स्वाधीनता, संविधानको रक्षा र संघीय संरचनालाई दिएको अधिकारको कार्यान्वयन मुख्य एजेन्डालाई उठाउँदैछौँ,’ राउतले भन्नु भयो।सरकारविरुद्ध गत भदौ २३ गते नै आन्दोलनमा उत्रिने तयारी गरिरहेका आम जनता पार्टीका अध्यक्ष प्रभु साह जेनजीको आन्दोलन हाइज्याक भएकोले वास्तविक अधिकार प्राप्तिका लागि बृहत् खालको आन्दोलनको तयारी भइरहेको बताउँनु हुन्छ।साहले बालेन सरकार ‘फेक सरकार’ भएको आरोप लगाउँदै बालेन ओली–देउवाकै अर्को नयाँ भेरियन्ट भएको टिप्पणी गर्नु भयो।‘जेनजीहरू अहिले धोकाको सिकार भए, आन्दोलनले रविजी जेलबाट छुट्नुभयो, बालेनजी प्रधानमन्त्री बन्नुभयो, तर पीडितहरूको बेहाल अवस्था छ। मुद्दा जहाँको त्यहीँ रह्यो,’ साहले भन्नु भयो, ‘देशका लागि, जनताका लागि अब एउटा ठूलो धक्का दिनुपर्छ र यो सरकार हटाउनुपर्छ।’

 

यद्यपि, आन्दोलन कहिले हुन्छ र त्यसको स्वरुप के हुन्छ भन्ने उहाँले खुलाउनु भएन।‘लोकतन्त्र, देशभक्त पक्षधरहरू, सुशासनका पक्षधर सबै एकै ठाउँमा आउनैपर्छ। त्यसकै लागि अग्रगामी मोर्चा बनाएका छौँ,’ आजपा अध्यक्ष साहले भन्नु भयो, ‘यसमा जेनजी अभियन्ता पनि छन्। बुद्धिजीवी पनि छन्। त्यो आन्दोलन छठपछि सुरु हुनसक्छ।’नेताहरूका अनुसार अहिले मधेसमा आत्मनिर्णयको अधिकारको मागका विषयमा पनि भित्री तयारी भइरहेको छ। कुनै समय मधेसमा आत्मनिर्णयको अधिकार माग गर्दै आन्दोलन भएको थियो। यसपटक फेरि सो माग चर्काउने उनीहरुको तयारी छ।उपेन्द्र यादवले चाडपर्वपछि संघर्षका लागि तयार रहन कार्यकर्तालाई आह्वान गरिसकनु भएको छ।जनमत अध्यक्ष एवं मोर्चाका प्रवक्ता राउतले भन्नु भयो–‘संविधानले दिएको अधिकार पनि प्रदेशलाई हस्तान्तरण गरिएको छैन। प्रदेशलाई स्वायत्तता दिनुपर्छ। प्रदेशलाई आफ्ना कर्मचारी, प्रहरी, बजेटको अधिकार, राजस्व उठाउने अधिकार दिनुपर्छ भन्ने हाम्रो माग हो।’यसमा अन्य के के विषय उठ्छन् भन्ने यकिन भइसकेको छैन। यसअघि सुनसरीको देवानगन्जको कप्तानगन्जमा हिन्दु र मुस्लिम युवाहरूबिच भएको विवादले उग्ररुप लिँदा प्रहरीले गोली चलाएको थियो। जसको असर सप्तरी र सिरहासम्म फैलिँदा चार जानाले ज्यान गुमाएका थिए।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि

हुम्लामा धामीले कम्मरमै भाँचे फलामको डण्डा

हुम्ला,१० कार्तीक । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा आयोजित धार्मिक तथा सांस्कृतिक कार्यक्रममा पार्कीबाडा मष्टाका धामीले सोटा (फलामको डण्डा) भाँचेर आफ्नो शक्ति

विराटनगरलाई ८ रनले हराउँदै चितवन विजयी

काठमाडौं ,१० कार्तीक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको छ। चितवनले दिएको १५८ रनको

बालेन सरकारविरुद्ध मधेसकेन्द्रित दलहरूको आन्दोलन तयारी

काठमाडौँ,१० असोज । दसैँ, तिहार र छठ जस्ता ठूला चाडपर्व सकिएलगत्तै मधेसकेन्द्रित दलहरुले बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध आन्दोलनको तयारी थालेका छन्। संविधान र संघीयताको रक्षा

दसैँ अवधिमा देशभर भएका सवारी दुर्घटनामा १२४ जनाको मृत्यु, झण्डै तीन हजार घाइते

काठमाडौँ , कार्तिक १०। दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ ।प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार देशभर भएको सवारी दुर्घटनामा

पुर्ख्यौली पेसा धान्न रातको अँध्यारोमा जीवन जोखिम : गाउँघरमा फेरी फुक्नेहरूको गुनासो

बिर्तामोड , कार्तिक १०। कात्तिक महिना सुरु भएसँगै गाउँघरमा जोगीहरु फेरी फुक्दै हिड्न थालेका छन् । चैत र कात्तिक महिनामा फेरी फुक्ने जोगीहरु दुई महिनापछि

इजरायलमा संसदीय निर्वाचन : मतदान केन्द्रहरूमा नेतान्याहुविरुद्ध चर्को असन्तुष्टि र शान्तिको माग

एजेन्सी , कार्तिक १०। इजरायलमा मंगलबार संसदका लागि निर्वाचन हुँदैछ । १२० सिटका निर्वाचन सुरु भएको हो । मतदान केन्द्रहरू खुलेसँगै विभिन्न उमेर समूहका मतदाताहरूले