कांग्रेस इतर समूहद्वारा ९० क्षेत्रको अधिवेशन सम्पन्न

काठमाडौं,१२ कार्तीक । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन अन्तर्गत करिब ९० प्रतिनिधि सभा क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरेको छ ।उक्त समूहका नेता किरणराज शर्मा पौड्यालका अनुसार हालसम्म ९० क्षेत्रको क्षेत्रीय र नौं जिल्लाको जिल्ला अधिवेशन पनि सकिएको छ ।पौडेलले भन्नु भयो,‘कार्तिक १५ गते जिल्ला अधिवेशन छ त्यसअघि नै एक मात्र निर्वाचन क्षेत्र रहेका नौं जिल्लाका अधिवेशन सकिएको छ र नयाँ नेतृत्व आइसकेको छ । १५ गतेसम्ममा लगभग सबै जिल्लाको अधिवेशन सकिने छ । मंसिर ४ गते सातै प्रदेशको अधिवेशन पनि हुनेछ ।’१५ औं महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने प्रस्ताव गरिएको र सो अनुसार निर्णय भएको तालिका अनुसार आफूहरुले काम गरिरहेको उहाँले जानकारी दिनु भयो ।

 

जस अनुसार वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते, प्रदेश सभा÷प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज २३ गते गर्ने प्रस्ताव गरिएको थियो ।त्यस्तै, जिल्ला अधिवेशन कात्तिक १५ गते, प्रदेश अधिवेशन मंसिर ४ गते तोकिएको छ ।युवा नेता भरत खड्काका अनुसार उत्साहका साथ देशभर अधिवेशन भइरहेको छ । ‘अधिवेशनमा धेरैजसो युवा पुस्ताका साथीहरु नेतृत्वमा आउनुभएको छ । अग्रजहरुलाई सम्मानजनक स्थान दिंदै कांग्रेसमा युवाहरुको आकर्षण देखिएको छ, तल्लो तहदेखिका अधिवेशनमा नवयुवाहरुको सहभागिता उत्साहजनक देखिनुलाई पार्टीमा नयाँ उर्जा देखिएको भान हुन्छ,’ उहाँले भन्नु भयो ।

 

गगन कुमार थापा नेतृत्वको संस्थापन पक्षले १५ औं महाधिवेशन सम्पन्न गरिसकेको छ । इतर पक्षले पनि छुट्टै महाधिवेशनको तयारीमा जुटेको हो ।गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि दुई भागमा विभाजित कांग्रेसको आधिकारिकता विवाद अझै सर्वोच्च अदालतमा विचाराधीन छ ।विषेश महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिले पाएको वैधतामाथि परीक्षण हुने भन्दै सर्वोच्च अदालतको पूर्ण इजलासले कांग्रेसको आधिकारिता विवादमा पुनः सुनुवाइ गर्न निस्सा दिएपछि उत्साहित भएको इतर समूह नियमित महाधिवेशनमा जुटेको हो ।केन्द्रीय निर्वाचन समिति संयोजक तोकेर महाधिवेशनको तयारी गरिरहेको उक्त समूहले चाँडै विभिन्न समितिहरु बनाउने भएको छ ।निवर्तमान सभापति शेर बहादुर देउवा पक्षले चुनदेवीमा सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधि गरिहेको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नावा खोलामा बस फस्दा तमोर करिडोर ठप्प, ३० यात्रुको जीवित उद्धार

पाँचथर ,१३ कार्तीक । अविरल वर्षाका कारण आएको बाढीले तमोर करिडोर अन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती नावा खोलामा यात्रुबाहक बस फसेको छ।ताप्लेजुङबाट काठमाडौंतर्फ जाँदै गरेको

इलाममा मेडिकल कलेज माग्दै डा. केसीको २५औँ सत्याग्रह दोस्रो दिन पनि जारी

इलाम,१३ कार्तीक । पूर्वी पहाडी जिल्ला इलाममा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने लगायत चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राख्दै डा. गोविन्द केसीले सुरु

बाढी प्रभावित करिडोरमा प्रहरी चौकी पुनःस्थापना र बेपत्ताको खोजी तीव्र

काठमाडौं ,१३ कार्तीक। भोटेकोशी तथा कालीगण्डकी करिडोर क्षेत्रमा गएको बाढीबाट प्रभावित स्थानमा नेपाल प्रहरीले प्रहरी चौकी पुनःस्थापना तथा बेपत्ता व्यक्तिहरूको खोजी कार्यलाई निरन्तरता दिएको छ

‘मिसेस नेपाल वर्ल्ड’ का लागि ‘मिसेस वर्ल्ड’ नेपालमा

काठमाडौं ,१३ कार्तीक। ‘मिसेस वर्ल्ड’ चनिता श्रीदाकेत क्रेथोर्न ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा सहभागी हुन नेपाल आइपुग्नु भएको छ । नेपालमा पहिलोपटक आँउनु

दक्षिणपूर्वी एसियाबाट ८६० नेपालीको उद्धार, साउदीमा १ को मृत्यु : परराष्ट्र

काठमाडौं ,१३ कार्तीक। परराष्ट्र मन्त्रालयले दक्षिणपूर्वी एसियामा सञ्चालित अनलाइन ठगीका केन्द्रमा फसेका नेपालीको उद्धारका लागि सम्बन्धित मुलुकका सरकारी निकायसँग निरन्तर समन्वय र कूटनीतिक पहल भइरहेको

कञ्चनपुर–राजाबासमा नयाँ पुल निर्माण हुने

सप्तरी,१३ कार्तीक । सप्तरी र सुनसरी जिल्ला जोडिएको ऐतिहासिक कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबास सम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण

भोजपुरमा गोरुको विकल्प बन्दै मिनी टिलर

भोजपुर,१३ कार्तीक । दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पका रुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको