‘मिसेस नेपाल वर्ल्ड’ का लागि ‘मिसेस वर्ल्ड’ नेपालमा

काठमाडौं ,१३ कार्तीक। ‘मिसेस वर्ल्ड’ चनिता श्रीदाकेत क्रेथोर्न ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा सहभागी हुन नेपाल आइपुग्नु भएको छ । नेपालमा पहिलोपटक आँउनु भएकी उहाँले नेपाल आफ्नो लामो समयदेखिको ‘बकेट लिस्ट’ अर्थात् घुम्न चाहेको गन्तव्यमा रहेको बताँउनु भएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपाल आउन पाउँदा आफू अत्यन्त उत्साहित भएको बताँउनु भयो। नेपालकी एक व्यक्तिसँग जनवरीमा भेट भएपछि नेपालप्रति आफ्नो आकर्षण अझ बढेको उहाँले बताउनु भयो ।

 

‘नेपाल मेरो बकेट लिस्टमा सधैँ रहेको छ । यहाँ आउन निम्तो दिनुभएकोमा म अत्यन्तै कृतज्ञ छु,’ उहाँले भन्नु भयो ।‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा विशेष अतिथिका रूपमा सहभागी हुन लाग्नु भएकी उहाँले प्रतियोगिताका सहभागी महिलासँग जोडिन आफू उत्सुक रहेको बताँउनु भयो । विशेषगरी विवाहित महिला, आमाहरू तथा नयाँ आमा बन्न लागेका महिलासँग संवाद गर्ने आफ्नो इच्छा रहेको उहाँले बताँउनु भयो ।उहाँले आफ्नो मुख्य अभियान ‘ह्याप्पी मदर्स’ अर्थात् ‘खुसी आमाहरू’ रहेको बताँउनु भयो । आमा, पत्नी वा छोरी हुनुअघि हरेक महिला एक मानव भएकाले उनीहरू पनि खुसी हुन आवश्यक रहेको उहाँले बताँउनु भयो ।

 

‘हामी कामकाजी आमा हुन सक्छौँ, घरमै बस्ने आमा हुन सक्छौँ, तर हामीभित्र सधैँ एक महिला हुन्छिन्,’ उहाँले भन्नु भयो, ‘म नेपालका महिलाहरूको बारेमा सिक्न चाहन्छु र उहाँहरूले आफूलाई कसरी खुसी राख्नुहुन्छ भन्ने कुरा जान्न चाहन्छु ।’नेपाल आएपछि पहिलो अनुभव नै आफूलाई अद्भुत लागेको उहाँले बताँउनु भयो । नेपालका मानिसहरूको आतिथ्यबाट आफू प्रभावित भएको भन्दै उनले थप नेपालीसँग भेट्न आफू उत्सुक रहेको बताँउनु भयो ।नेपालमा रहँदा हिमालयको दृश्य हेर्ने र सम्भव भए हिमालको उडान गर्ने आफ्नो इच्छा पनि उहाँले सुनाँउनु भयो। मौसमले साथ दिएमा नेपालको हिमाली क्षेत्रको भ्रमण गर्न पाउने आशा राखेको उहाँले बताँउनु भयो।बौद्ध धर्म मान्ने भएकाले नेपाल आउँदा आफूलाई विशेष आध्यात्मिक अनुभूति भइरहेको उहाँले बताउनु भयो। भगवान् बुद्धको जन्मस्थल नेपाल भएकाले पनि यहाँको भ्रमण आफ्नो लागि विशेष रहेको उहाँको भनाइ थियो । नेपालका विश्व सम्पदा सूचीमा रहेका विभिन्न सम्पदास्थलको भ्रमण गर्न आफू निकै उत्सुक रहेको उहाँले बताँउनु भयो ।

 

‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना प्रतियोगी सहभागी हुँदै गरेको जानकारी पाएपछि आफू थप उत्साहित भएको क्रेथोर्नले बताउनु भयो। फिनालेअघि प्रतियोगीहरूले विभिन्न चरण पार गर्दै निकै मेहनत गरेको आफूले देखेको भन्दै उहाँले उनीहरूको प्रस्तुति प्रत्यक्ष हेर्न आतुर रहेको बताँउनु भयो ।उहाँले प्रतियोगीहरूलाई केवल उपाधि जित्ने लक्ष्यमा सीमित नरही आफ्नो उद्देश्य स्पष्ट बनाउन सुझाव दिइनु भयो।‘संसारमा सकारात्मक प्रभाव पार्न तपाईंहरू उत्साही हुनुपर्छ। उपाधि जितेपछि के हासिल गर्न चाहनुहुन्छ भन्ने स्पष्ट लक्ष्य पनि हुनुपर्छ,’ उहाँले भन्नु भयो।

 

आफ्नो अनुभव सुनाउँदै उहाँले आफू पहिले दुःखी आमा रहेको र त्यसपछि आमाहरूको खुसीलाई आफ्नो अभियान बनाएको बताउनु भयो। आमा हुनु, पत्नी हुनु वा छोरी हुनुभन्दा पहिले महिला एक मानव भएकाले आफूलाई खुसी राख्न आवश्यक रहेको उहाँले बताउनु भयो।नयाँ ‘मिसेस नेपाल वर्ल्ड’ ले पनि आफूलाई मन परेको सामाजिक विषय पहिचान गरेर त्यसमा काम गर्नुपर्ने उहाँले बताँउनु भयो । आफ्नो उद्देश्यप्रति प्रतिबद्ध भएर काम गर्दा त्यसले मिसेस वर्ल्ड बन्ने यात्रालाई समेत अर्थपूर्ण बनाउने उहाँले बताँउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्यालद्वारा भीमफेदी दुर्घटनाका पीडित परिवारसँग भेट

सर्लाही ,३० कार्तीक। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर मकवानपुरको भीमफेदीस्थित चिसापानी गढीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार तथा

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङ ,३० कार्तीक। बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।सोमबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट सोहि ठाउँ को

छठको बहानामा मधेसमा शीर्ष नेताको दौडधुप : धार्मिक आस्था कि राजनीतिक रणनीति ?

काठमाडौं ,३० कार्तीक। सत्तारूढ रास्वपाका सभापति रवि लामिछाने यसपटक छठ मनाउन मधेसका विभिन्न धार्मिक स्थल पुग्नु भएको छ । शनिबार नै तराई झर्नु भएको उहाँ

रारा जाँदै गर्दा दुर्घटनामा परेका घाइतेको सेनाद्वारा उद्धार

मुगु ,३० कार्तीक। मुगुको रारा ताल जाने क्रममा हाइलक्स जिप दुर्घटनामा परी घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।आइतबार मुगुको छायानाथ

बिरिङ खोला छठ पूजामा विवाद गर्ने युवक स्कुटरसहित नियन्त्रणमा

झापा, ३० कात्तिक । झापाको कन्काई नगरपालिका ८ स्थित बिरिङ खोलामा आयोजित छठ पूजामा विवाद गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।गएराति ११ :

छठ पूजास्थल तोडफोड आरोपमा सुनसरीबाट दुई जना पक्राउ

झापा, ३० कात्तिक । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेहरुमा