बाढी प्रभावित करिडोरमा प्रहरी चौकी पुनःस्थापना र बेपत्ताको खोजी तीव्र

काठमाडौं ,१३ कार्तीक। भोटेकोशी तथा कालीगण्डकी करिडोर क्षेत्रमा गएको बाढीबाट प्रभावित स्थानमा नेपाल प्रहरीले प्रहरी चौकी पुनःस्थापना तथा बेपत्ता व्यक्तिहरूको खोजी कार्यलाई निरन्तरता दिएको छ । भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रभावित क्षेत्रमा प्रहरी परिचालन, सुरक्षा व्यवस्था र खोजी कार्यको अवस्थाबारे जानकारी गराँउनु भएको छ ।प्रहरी महानिरीक्षक कार्कीका अनुसार बेत्रावती, स्याफ्रुबेँसी, टिमुरे र हाकु क्षेत्रमा प्रहरीको उपस्थिति पुनःस्थापित गरिएको छ । स्याफ्रुबेँसीमा प्रहरी निरीक्षकको कमान्डमा टोली परिचालन गरिएको छ भने यसअघि भौगोलिक अवस्थाका कारण छाडिएको हाकु क्षेत्रमा समेत पुनः प्रहरी चौकी स्थापना गरिएको छ ।

 

उहाँले भन्नु भयो, ‘प्रभावित क्षेत्रमा प्रहरी चौकीहरूको पुनःस्थापना कार्य अघि बढाइएको छ । बेत्रावती, स्याफ्रुबेसी, टिमुरे र हाकु क्षेत्रमा प्रहरी उपस्थिति पुनःस्थापित गरिएको छ । स्याफ्रुमा प्रहरी निरीक्षकको कमान्डमा टोली परिचालित छ । प्रहरीको मुख्य जिम्मेवारी सार्वजनिक सुरक्षा, शान्ति सुव्यवस्था कायम राख्नु र बेपत्ता व्यक्तिहरूको शव खोजी कार्यलाई निरन्तरता दिनु हो । स्थानीय जनगुनासोका आधारमा पनि खोजी कार्य गर्नुपर्ने भएकाले प्रहरीको स्थानीय उपस्थिति आवश्यक छ । हाल उपलब्ध म्यानुअल विधिबाट खोजी कार्य जारी छ । जमिनमुनि शव पहिचान गर्न सक्ने प्रविधि प्रयोगमा ल्याउनुपर्ने आवश्यकता पनि देखिएको छ । आगामी दिनमा प्रहरी चौकीका लागि उपयुक्त स्थान पहिचान गरी स्थानीय सुरक्षा र नागरिकका दैनिक सेवाहरूलाई प्रभावकारी बनाउने योजना रहेको छ ।’

 

उहाँले प्रभावित क्षेत्रमा सार्वजनिक सुरक्षा, शान्ति सुव्यवस्था कायम राख्ने तथा बेपत्ता व्यक्तिहरूको शव खोजी गर्ने कार्यलाई प्रहरीले प्राथमिकताका साथ अघि बढाएको बताँउनु भयो ।स्थानीयवासीबाट प्राप्त सूचना तथा जनगुनासोका आधारमा समेत खोजी कार्य गर्नुपर्ने भएकाले प्रभावित क्षेत्रमा प्रहरीको स्थायी उपस्थिति आवश्यक रहेको उहाँको भनाइ छ । हाल उपलब्ध जनशक्ति र म्यानुअल विधिको प्रयोगबाट खोजी कार्य भइरहेको उहाँले जानकारी दिनु भयो।जमिनमुनि पुरिएका शव पहिचान गर्न सक्ने आधुनिक प्रविधिको आवश्यकता औँल्याउँदै प्रहरी महानिरीक्षक कार्कीले डेढ मिटरसम्म जमिनमुनि रहेका शव पहिचान गर्न सक्ने उपकरणबारे जानकारी प्राप्त भए पनि नेपाल प्रहरीसँग त्यस्तो प्रविधि हाल प्रयोगमा नरहेको बताँउनु भयो ।

 

प्रभावित क्षेत्रमा प्रहरी चौकी स्थापनाका लागि उपयुक्त स्थान पहिचान गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उहाँले स्थानीय नागरिकको सुरक्षा तथा दैनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रहरी उपस्थिति थप व्यवस्थित गरिने जानकारी दिनु भयो ।उहाँले विपद् प्रभावित क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिँदै स्थानीय सुरक्षा व्यवस्था सुदृढ बनाउने र नागरिकलाई सहज रूपमा प्रहरी सेवा उपलब्ध गराउने योजना रहेको पनि बताँउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काठमाडौंमा अतिक्रमित ३०२ रोपनी जग्गा ३१ वर्षपछि सरकारको नाममा

काठमाडौं ,१३ कार्तीक। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिकाका सातवटा वडामा रहेको ३०२

नावा खोलामा बस फस्दा तमोर करिडोर ठप्प, ३० यात्रुको जीवित उद्धार

पाँचथर ,१३ कार्तीक । अविरल वर्षाका कारण आएको बाढीले तमोर करिडोर अन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती नावा खोलामा यात्रुबाहक बस फसेको छ।ताप्लेजुङबाट काठमाडौंतर्फ जाँदै गरेको

इलाममा मेडिकल कलेज माग्दै डा. केसीको २५औँ सत्याग्रह दोस्रो दिन पनि जारी

इलाम,१३ कार्तीक । पूर्वी पहाडी जिल्ला इलाममा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने लगायत चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राख्दै डा. गोविन्द केसीले सुरु

बाढी प्रभावित करिडोरमा प्रहरी चौकी पुनःस्थापना र बेपत्ताको खोजी तीव्र

काठमाडौं ,१३ कार्तीक। भोटेकोशी तथा कालीगण्डकी करिडोर क्षेत्रमा गएको बाढीबाट प्रभावित स्थानमा नेपाल प्रहरीले प्रहरी चौकी पुनःस्थापना तथा बेपत्ता व्यक्तिहरूको खोजी कार्यलाई निरन्तरता दिएको छ

‘मिसेस नेपाल वर्ल्ड’ का लागि ‘मिसेस वर्ल्ड’ नेपालमा

काठमाडौं ,१३ कार्तीक। ‘मिसेस वर्ल्ड’ चनिता श्रीदाकेत क्रेथोर्न ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा सहभागी हुन नेपाल आइपुग्नु भएको छ । नेपालमा पहिलोपटक आँउनु

दक्षिणपूर्वी एसियाबाट ८६० नेपालीको उद्धार, साउदीमा १ को मृत्यु : परराष्ट्र

काठमाडौं ,१३ कार्तीक। परराष्ट्र मन्त्रालयले दक्षिणपूर्वी एसियामा सञ्चालित अनलाइन ठगीका केन्द्रमा फसेका नेपालीको उद्धारका लागि सम्बन्धित मुलुकका सरकारी निकायसँग निरन्तर समन्वय र कूटनीतिक पहल भइरहेको

कञ्चनपुर–राजाबासमा नयाँ पुल निर्माण हुने

सप्तरी,१३ कार्तीक । सप्तरी र सुनसरी जिल्ला जोडिएको ऐतिहासिक कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबास सम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण