कोशी ब्यारेजको विकल्प

कञ्चनपुर–राजाबासमा नयाँ पुल निर्माण हुने

सप्तरी,१३ कार्तीक । सप्तरी र सुनसरी जिल्ला जोडिएको ऐतिहासिक कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबास सम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण गरिने भएको छ।केही वर्षअघि नै तयार पारिएको परियोजना सम्बन्धी विस्तृत प्रतिवेदन (डीपीआर) का आधारमा निर्माण गर्न लागिएको यस पुलको अनुमानित लागत ४३ अर्ब रुपैयाँ रहेको सडक विभाग आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालले जानकारी दिनु भयो।एसियाली विकास बैंक (एडीबी) को आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने उक्त नयाँ पुल सञ्चालनमा आएपछि पूर्व पश्चिम राजमार्ग भएर यात्रा गर्ने सवारीसाधनका लागि साविकको दूरीमा १४ किलोमिटर यात्रा कम हुनेछ।

आयोजनाको प्रगतिबारे जानकारी दिँदै निर्देशक ढकालले भन्नु भयो, “अहिले नयाँ पुल तथा सडक निर्माण सम्बन्धी आवश्यक प्राविधिक तयारी तीव्र रूपमा भइरहेको छ।”यस गौरवशाली परियोजनाअन्तर्गत विशिष्ट प्रकृतिको तीन किलोमिटर लामो पुलका साथै ४३ किलोमिटर नयाँ पहुँच सडक निर्माण गरिनेछ। हाल पुल र सडकको समग्र संरचना निर्माणका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियागत तथा कानुनी कामहरू अगाडि बढिरहेका छन्।

उक्त परियोजना क्षेत्र जैविक विविधताले धनी कोशीटप्पु वन्यजन्तु आरक्षसँग प्रत्यक्ष जोडिएकाले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) एवं कानुनी स्वीकृतिका केही संवेदनशील विषयहरूलाई ध्यानमा राखेर प्रक्रिया अघि बढाइएको छ।नेपालको पूर्वी क्षेत्रलाई राजधानी र अन्य भागसँग जोड्ने मुख्य धमनीका रूपमा रहेको हालको कोशी ब्यारेज धेरै पुरानो हुँदै गएको र यसमा सवारीसाधनको चाप दिनानुदिन तीव्र रूपमा बढ्दै गएकाले प्रस्तावित यो वैकल्पिक मार्ग भविष्यमा यातायात सञ्चालन, सहजीकरण र समग्र व्यवस्थापनका दृष्टिले अत्यन्तै महत्त्वपूर्ण सावित हुने विश्वास लिइएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाममा मेडिकल कलेज माग्दै डा. केसीको २५औँ सत्याग्रह दोस्रो दिन पनि जारी

इलाम,१३ कार्तीक । पूर्वी पहाडी जिल्ला इलाममा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने लगायत चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राख्दै डा. गोविन्द केसीले सुरु

बाढी प्रभावित करिडोरमा प्रहरी चौकी पुनःस्थापना र बेपत्ताको खोजी तीव्र

काठमाडौं ,१३ कार्तीक। भोटेकोशी तथा कालीगण्डकी करिडोर क्षेत्रमा गएको बाढीबाट प्रभावित स्थानमा नेपाल प्रहरीले प्रहरी चौकी पुनःस्थापना तथा बेपत्ता व्यक्तिहरूको खोजी कार्यलाई निरन्तरता दिएको छ

‘मिसेस नेपाल वर्ल्ड’ का लागि ‘मिसेस वर्ल्ड’ नेपालमा

काठमाडौं ,१३ कार्तीक। ‘मिसेस वर्ल्ड’ चनिता श्रीदाकेत क्रेथोर्न ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा सहभागी हुन नेपाल आइपुग्नु भएको छ । नेपालमा पहिलोपटक आँउनु

दक्षिणपूर्वी एसियाबाट ८६० नेपालीको उद्धार, साउदीमा १ को मृत्यु : परराष्ट्र

काठमाडौं ,१३ कार्तीक। परराष्ट्र मन्त्रालयले दक्षिणपूर्वी एसियामा सञ्चालित अनलाइन ठगीका केन्द्रमा फसेका नेपालीको उद्धारका लागि सम्बन्धित मुलुकका सरकारी निकायसँग निरन्तर समन्वय र कूटनीतिक पहल भइरहेको

कञ्चनपुर–राजाबासमा नयाँ पुल निर्माण हुने

सप्तरी,१३ कार्तीक । सप्तरी र सुनसरी जिल्ला जोडिएको ऐतिहासिक कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबास सम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण

भोजपुरमा गोरुको विकल्प बन्दै मिनी टिलर

भोजपुर,१३ कार्तीक । दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पका रुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको

गासा छाचु र राजमार्ग बगायो, भारतका दुई राज्यमा उच्च सतर्कता

एजेन्सी,१३ कार्तीक । भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ । बाढीका