ताप्लेजुङ,१४ कार्तीक । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने क्रममा पुगेका छन् ।पहिले गाउँ–गाउँमा बनाइने चर्खे पिङ (काठे पिङ) आजभोलि विरलै देखिन्छ । दशैं तिहारको समयमा कम्तीमा एक दिन भुइँ छाड्नुपर्छ भन्ने परम्परा थियो, जसका कारण पिङ खेल्न सबै उमेरका मानिस भेला हुनेगर्दथ्यो । पिङ खेल मात्र नभई भेटघाट, शुभकामना आदान–प्रदान गर्ने स्थल पनि मानिन्थ्यो ।
तर अहिले मेलामहोत्सवमा बिजुलीबाट चल्ने ठूला पिङ देखिन थालेपछि स्थानीय स्तरमै तयार हुने काठे पिङको परम्परा ओझेलमा परेको छ । ठूलो–ठूलो काठ चाहिने र सजिलै नपाइने भएकाले पनि रोटे पिङ बनाउने चलन घटेको छ ।ताप्लेजुङ, पाँचथर लगायत गाउँहरूमा केही वर्षअघि दशैं–तिहारमा लिङ्गे पिङ र रोटे पिङ लगाउने परम्परा जीवित थियो । अहिले भने थोरै ठाउँमा मात्रै पिङ देख्न सकिन्छ । पिङ नबन्दा गाउँमा सामूहिक जमघट घटेको छ ।वृद्ध–वृद्धा, युवा र बालबालिका एउटै मैदानमा भेला भई रमाउने अवसर कम हुँदै गएको छ । नयाँ पुस्तामा रोटे पिङ र लिङ्गे पिङप्रति आकर्षण घटेको देखिन्छ, जसले यस परम्परा लोप हुने चिन्ता बढाएको छ ।‘










