नेपाल र स्विट्जरल्यान्डका संसदीय अध्यक्षबीच भेटवार्ता

काठमाडौं,१६ कार्तीक । सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजबीच भेटवार्ता भएको छ ।सोमबार सिंहदरबारमा भएको छुट्टाछुट्टै भेटवार्तामा नेपाल–स्विट्जरल्यान्डबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ ।भेटका अवसरमा सभामुख अर्यालले स्विट्जरल्यान्डको सहभागितामूलक लोकतन्त्रको सफल अभ्यास र संस्थागत विकासको उच्च प्रशंसा गर्दै नेपाल पनि लोकतन्त्रलाई सुदृढ बनाउन तथा स्थानीय तहसम्म लोकतान्त्रिक संस्थाहरूलाई सशक्त बनाउने प्रयासमा रहेको बतान्उनु भयो । सन् २०२६ को अगस्टमा रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि स्विट्जरल्यान्डका राष्ट्रपति महामहिम गाई पार्मेलिन, राष्ट्रिय परिषद्का अध्यक्ष महामहिम पेज तथा स्वीस सङ्घीय परराष्ट्र विभागबाट नेपाल सरकार र नेपाली जनताप्रति व्यक्त गरिएको समवेदना सन्देशका लागि सभामुख अर्यालले हार्दिक आभार व्यक्त गर्नु भएको छ ।

 

उहाँले विपद्का बेला स्विट्जरल्यान्डले प्रदान गरेको ऐक्यबद्धता, मानवीय सहायता, कन्सुलर सहयोग तथा खोज तथा उद्धारसम्बन्धी सहयोगको उच्च प्रशंसा गर्नु भयो। साथै, मानवीय राहत तथा उद्धार प्रयासमा सहयोग पुर्याउन संयुक्त राष्ट्रसङ्घ मार्फत स्विस सरकारले उपलब्ध गराएको २० लाख अमेरिकी डलर बराबरको मानवीय सहायताका लागि धन्यवाद व्यक्त गर्नु भयो।नेपाल स्विस विकास तथा सहयोग निकायका प्राथमिकता प्राप्त देशहरूमध्ये एक रहेको उल्लेख गर्दै सभामुख अर्यालले स्विस विकास सहकार्यले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताँउनु भयो। उहाँले आगामी दिनमा नेपालसँगको विकास सहकार्यको दायरा अझ विस्तार हुने विश्वाससमेत व्यक्त गर्नु भयो ।

 

सभामुख अर्यालले हालै गठित आठ सदस्यीय नेपाल–स्विस संसदीय मैत्री समूहमार्फत दुई देशबीचको संसदीय सम्बन्ध, सहयोग र अनुभव आदानप्रदानलाई थप सुदृढ बनाउन आफू प्रतिबद्ध रहेको बताँउनु भयो।स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष महामहिम पियरे–आन्द्रे पेजले नेपालको विकासका लागि स्विट्जरल्यान्ड सबै प्रकारको सहयोग गर्न तयार रहेको बताँउनु भयो । उहाँले नेपालजस्तो प्राकृतिक स्रोतसाधनले सम्पन्न मुलुकमा प्रकृतिप्रदत्त हिमाल र जलस्रोतको सदुपयोग गरी जलविद्युत् क्षेत्रको विकास गर्न सकिने धारणा व्यक्त गर्नु भयो ।नेपाल र स्विट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा सभामुख अर्यालको निमन्त्रणामा राष्ट्रिय परिषद्का अध्यक्ष पेज सोमबार नै नेपाल आइपुग्नु भएको हो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाल र स्विट्जरल्यान्डका संसदीय अध्यक्षबीच भेटवार्ता

काठमाडौं,१६ कार्तीक । सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजबीच भेटवार्ता भएको छ ।सोमबार सिंहदरबारमा भएको

झापामा भारतीय र प्लास्टिकका फूलमा रोक : स्थानीय उत्पादनलाई प्राथमिकता, अटेर गरे कारबाही

झापा,१६ कार्तीक । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय झापाले भारतबाट हुने अवैध फूलको आयात र प्लास्टिकका कृत्रिम फूल बिक्री–वितरणमा पूर्ण रोक

न्यायालय, सुरक्षा संयन्त्र र सत्ताको उच्च तह हल्लाउने बिचौलिया इनम सापकोटा प्रकरण : को हुन् इनम ? कसरी बन्यो सेटिङको सञ्जाल ?

काठमाडौँ,१६ कार्तीक । दमकको वडा नं २ र ५ को सिमानामा रहेको मदनडाँगी सडक । अली धेरै चाहि दमकको भाईरल रोड भनेपछि तपाईले थाह पाउनु

न्यायाधीशहरू माथि लागेको घुस आरोपमा सर्वोच्चको ‘फूलकोर्ट’ निर्णयः निष्पक्ष छानबिन गर्न माग, ५ मुख्य बुँदा सार्वजनिक

काठमाडौँ,१६ कार्तीक । प्रधानन्यायाधीश तथा न्यायाधीशहरू जोडिएको घुसकाण्डबारे सञ्चारमाध्यममा आएका समाचारप्रति सर्वोच्च अदालतले गम्भीर ध्यानाकर्षण जनाएको छ। सोमबार बसेको सर्वोच्चको पूर्ण (फूलकोर्ट) बैठकले संविधानको सर्वोच्चता

दमकमा भन्सार छलीका फूल र प्लास्टिकका फूल बिक्री गरे जफत गरिने, सिटी रिक्साको पार्किङ र भाडामा पनि कडाइ

दमक, १६ कात्तिक । झापाको दमक नगरपालिकाले भन्सार छली गरी भित्र्याइएका फूल तथा प्लास्टिकजन्य फूल बिक्री–वितरण गरेको पाइएमा जफत गरी नष्ट गर्ने निर्णय गरेको छ।

डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर, हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौँ,१६ कार्तीक । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै इलाममा आमरण अनशनमा बस्नु भएको वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर

प्रेस स्वतन्त्रतामाथि प्रहार भएको भन्दै कांग्रेसद्वारा संसदीय छानबिनको माग

काठमाडौं,१६ कार्तीक । नेपाली कांग्रेसले पत्रकार माथि भएको धरपकडलगायत पछिल्ला सरकारी गतिविधिप्रति आपत्ति जनाउँदै घटनाको निष्पक्ष छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेको