बुढानीलकण्ठमा अतिक्रमित संरचना हटाउन अल्टिमेटम

काठमाडौं,१७ कार्तीक। प्रसिद्ध धार्मिक तथा ऐतिहासिक बुढानीलकण्ठ मन्दिर क्षेत्र आसपास सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन सम्बन्धित निकायले निर्देशन दिएको छ। तोकिएको समयभित्र संरचना नहटाए आगामी कात्तिक १८ गतेदेखि डोजर चलाउने तयारी गरिएको छ।

सार्वजनिक तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा, स्थायी–अस्थायी पसल र अवैध संरचना तत्काल आफैं हटाउन सम्बन्धित व्यक्ति तथा व्यवसायीहरूलाई स्पष्ट निर्देशन दिइएको हो। मन्दिर क्षेत्रको सौन्दर्यीकरण, सार्वजनिक सम्पत्तिको संरक्षण र दर्शनार्थीहरूको सहज आवागमनलाई ध्यानमा राख्दै यो कदम चालिएको जनाइएको छ।

 

अतिक्रमणका कारण मन्दिर परिसर अस्तव्यस्त बनेको र ऐतिहासिक गरिमामा असर परेकाले संरचना हटाउन लागिएको सम्बन्धित पक्षको भनाइ छ। डोजर सञ्चालनका क्रममा उत्पन्न हुन सक्ने अवरोध वा विवादलाई मध्यनजर गर्दै स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग आवश्यक समन्वय गरी सुरक्षा प्रबन्ध मिलाइएको छ। प्रशासनले निर्धारित समयसीमाभित्र आफ्ना संरचना स्वेच्छाले हटाएर सम्पदा संरक्षण अभियानमा सहयोग पुर्‍याउन सबैलाई आग्रह गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

१० महिनामै पौने तीन लाख विदेशी पर्यटक मुस्ताङमा : सङ्ख्यामा ७७ प्रतिशतभन्दा बढीको वृद्धि

मुस्ताङ , कार्तिक १७। सन् २०२६ को दश महिनामा दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । जनवरीदेखि अक्टोबरसम्म

मेची भन्सारले पहिलो तीन महिनामा उठायो चार अर्ब ६७ करोड राजस्व, लक्ष्यको झन्डै ९५ प्रतिशत हासिल

झापा , कार्तिक १७। मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो तीन महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

५९ बिघा जग्गा सट्टापट्टा गरी बिक्री गरेको आरोपमा पूर्वमन्त्री मीनेन्द्र रिजालविरुद्ध अख्तियारको मुद्दा

काठमाडौँ , कार्तिक १७। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीनेन्द्र रिजालविरुद्ध  भ्रष्टाचार मुद्दा विशेष अदालतमा पुगेको छ । सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ , कार्तिक १७। पूर्वप्रधानमन्त्री माधव नेपाललाई प्रतिवादी बनाएर अर्को मुद्दा विशेष अदालतमा पुगेको छ । पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा मुद्दा छिनोफानो नहुँद उनीविरुद्ध अख्तियार

बिचौलियासँगको उठबस विवादमा तानिएपछि सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल बिदामा

काठमाडौँ , कार्तिक १७ । विवादमा तानिएका सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल बिदामा बसेका छन्। सर्वोच्चका प्रवक्ता अशोक क्षेत्रका अनुसार फुयाल मंगलबार (आज)देखि शुक्रबारसम्म चार

पुष्प तथा नर्सरी व्यवसाय प्रवर्द्धनका लागि नीतिगत र प्राविधिक सहयोग गर्छौँ : मन्त्री गीता चौधरी

काठमाडौं , कार्तिक १७। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पुष्प तथा नर्सरी व्यवसायको विकास, विस्तार र प्रवद्र्धनका लागि सरकारले आवश्यक नीतिगत तथा प्राविधिक सहयोग

राउटरको ‘एडमिन एक्सेस’ रोकेको भन्दै नेपाल टेलिकमविरुद्ध ‘हेलो सरकार’ मा उजुरी

काठमाडौं , कार्तिक १७। नेपाल टेलिकमले ग्राहकलाई आफ्नै फाइबर इन्टरनेटमा प्रयोग भइरहेको राउटरको प्रशासनिक पहुँच (एडमिन एक्सेस) सीमित गरेको भन्दै सरकारसँग हस्तक्षेपको माग गरिएको छ